शुक्रबार, १६ चैत २०८०

बर्दियामा छ महिनामा १७६ वटा घटना

समयपोष्ट २०७५ असार १२ गते ६:२७

ओरेक नेपाल बर्दियाले छ महिनामा भए गरेका जिल्लाका १७६ वटा लैंगिक हिंसासम्बन्धी घटना सार्वजनिक गरेको छ ।

Advertisement

बर्दिया जिल्लामा रहेका विभिन्न गैरसरकारी संघ संंस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेका अवस्थामा दुई वर्षदेखि बर्दिया जिल्लामा लैंगिक हिंसाविरुद्ध सक्रियरुपमा काम गर्दै आइरहेका ओरेक नेपाल नामक संस्थाले यस्तो प्रतिवेदन सोमबार सार्वजनिक गरेको हो ।

ओरेक नेपाल बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका पैरवी सञ्जाल परियोजनाअन्तर्गत लैंगिक हिंसा तथा हानिकारक परम्परागत अभ्याससम्बन्धी सञ्चारकर्मीसँग छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।

सन् २०१८ जनवरीदेखि जुनसम्मका ती घटना सार्वजनिक भएको हो । घरेलु हिंसामा कुटपिट घरनिकाला बेवास्ता गाली गलौजका १११ वटा घटनामध्ये ८५ वटा घटनामा पुनःस्थापना गरिएको ओरेक नेपाल बर्दियाकी संयोजक शर्मिला निरौलाले बताउनुभयो ।

बर्दिया जिल्लामा छ महिनाको अवधिमा जबर्जस्ती करणीका सात वटा घटना घटेका छन् जसमा बालिका १४ वर्षमुनिको तीन जना, पाँच वर्षमुनिको एक जना महिला दुई जना र ७५ वर्षको एक जना रहेको जनाइएको छ । कतिपय घटना गाउँ समाजमै मिलाउने गरेको, कानूनका बारेमा अनभिज्ञ रहेको एवं आफ्नो घटना खुलाउन नचाहने हुँदा पनि अपराधीले झन् प्रश्रय पाउने गरेको जानकारी दिइयो ।

छ महिनाको अन्तरालमा जिल्लामा १७६ वटा घटना हुनु भनेको निक्कै चिन्ताजनक र गम्भीर समास्याको रुपमा रहेको हुँदा यसमा सबै पक्ष दरिलो भई अपराधीलाई कानूनी दायरामा ल्याई कानूनी सजाय दिन जरुरी रहेकोमा सहभागीले जोड दिएका थिए ।

जिल्ला संयोजक निरौलाले यौन दुव्र्यहारका ११ वटा, वैदेशिक रोजगारीमा बेचबिखनका दुईवटा, वैवाहिक बलात्कार पाँच वटामध्ये एउट दर्ता भएको, बालविवाहका ३६ वटा, सामाजिक सञ्जालमार्फत भएका हिंसा दुईवटा र अवैध गर्भधारणका दुईवटा घटना भएको बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री