शुक्रबार, ७ वैशाख २०८१

लगानीको लागि तयार रहनुहोस्, आयो अपर तामाकोशीले आईपिओ

समयपोष्ट २०७५ असार १२ गते ४:०३

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा दोलखा स्थिति आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि शेयर निष्काशन गर्ने भएको हो ।

Advertisement

कम्पनीले प्रति साधारण शेयर १०० अंकित दरका २ करोड ६४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेकोमा स्थानीयको १ करोड ५ लाख ९० हजार कित्ता शेयर छुट्याइएको छ ।

स्थानीयहरुले न्युनतम ३० कित्ता र अधिकतम ३ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयको लागि आवेदन दिनको लागि असार २४ गतेदेखि साउन ९ गतेसमको म्याद तोकिएको छ । आईपिओको लागि नागरिक लगानी कोष र सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् ।

स्थानीयको लागि शेयर निष्काशन गरेर बाँडफांड गरे लगत्तै सूचना निकालेर सर्बसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । सर्वसाधारणको लागि १०० अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर छुट्याइएको छ । सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री