शुक्रबार, १६ चैत २०८०

विपिन र नम्रता श्रीमान –श्रीमती !

समयपोष्ट २०७५ असार ११ गते १४:२७

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एकसाथ रोमान्स गर्ने भएका छन् । फिल्म ‘प्रसाद’मा यी दुबैको रोमान्स रहने भएको हो ।

Advertisement

सोमवार काँडाघारीमा रहेको गान्धी महिला आश्रममा फिल्मको मुर्हूत गरिएको छ । विपिन र नम्रतासँगै अभिनेता निश्चल बस्नेतले एकसाथ फिल्मको संबाद बोल्दै मुर्हुत सत दिए । फिल्ममा विपिन र नम्रता श्रीमान –श्रीमतीको भूमिकामा रहने छन्, भने निश्चलले भिलेनको भुमिका निर्बाह गर्दैछन् ।

निःसन्तान दम्पत्तीको कथामा बन्न लागेको चलचित्र दिनेश राउतले निर्देशन गर्दैछन् । मुर्हूत समारोहमा नम्रता गृहिणी लुक्समा देखिएकी थिइन् । उनले सिउँदोमा सिन्दुर, गलामा राता–कालो मिसिएको पोते र हातमा राता चुरा लगाएको कार्यक्रममा देख्न सकिन्थ्यो ।

सुवाष थापाको निर्माण रहने ‘प्रसाद’लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘प्रसाद’लाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।

निःसन्तानका कारण पति र पत्नीबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य मान्यता विरुद्धको कथा फिल्मले बोल्ने निर्देशक राउतले कार्यक्रममा बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री