शनिबार, १५ वैशाख २०८१

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ?

समयपोष्ट २०७५ असार ११ गते ५:५८

अक्सर भित्री वस्त्र कस्तो रंगको प्रयोग गर्ने,कस्तो कपडा छान्ने भन्ने बिषयमा मानिजसले खासै ध्यान दिदैन । भित्रि कपडा छोपिन्छ जस्तो लगाए पनि हुन्छ भन्ने आम मानसिकता रहिआएको छ । तर भित्री वस्त्र लगाउँदा पनि बिशेष ख्याल पुर्याउँनुपर्ने हुन्छ ।

Advertisement

भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । नभए यसले शरीरमा असर गर्न सक्छ । भित्री वस्त्र प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले बस्त्रको बारेमा यसबारे संवेदनशिल हुँनैपर्छ । बिशेषगरी भित्री बस्त्रको लागि सुतिको कपडा प्रयोग गर्दा उपयुक्त हुन्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै हुनुपर्छ ।

कपडापछि शरीरको साईजमा पनि ध्यान दिनु जरुरी हुन्छ । आफुलाई फिट हुने भित्री बस्त्र किन्नुपर्छ । यसको पेन्टी, ब्रा जेसुकै होस्, आफ्नो नाप अनुसार सही छ भने हिँडडुल गर्न सजिलो छ ।

अर्को चिकित्सकहरु भित्री वस्त्र सेतो रंगको प्रयोग गर्न सुझाव दिन्छन् । रंगबिरंगी पेन्टी आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री बस्त्र नै राम्रो हुन्छ ।

अर्को भित्री वस्त्रको सरसफाई बारे पनि बिशेष धयान दिन जरुरी छ । पेन्टी कहिले बदल्नुपर्छ ? अक्सर यसबारे हामी उति ख्याल गर्दैनौँ । पेन्टी निश्चित अवधीमा बदल्नुपर्छ । धेरै समय एउटै पेन्टी प्रयोग गर्दा त्यसले प्रजनन अंगामा समस्या ल्याउन सक्छ ।

यसैगरी राती सुत्दा पेन्टी नलगाई सुत्नु उचित मानिन्छ । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री