शनिबार, ८ वैशाख २०८१

विमानस्थलमा प्रधानमन्त्री ओलीले किन उठाए ट्रम्प–किम वार्ताको प्रशंग ?

समयपोष्ट २०७५ असार १० गते ६:५३

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रविरुद्ध कार्ड खेल्ने आफ्नो नीति नरहेको प्रष्ट पारेका छन् । आर्इतबार छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

पत्रकार सम्मेलनमा जुन १२ मा सिंगापुरमा भएको ट्रम्प–किम वार्ताका क्रममा गोरखालीलाई सुरक्षाको जिम्मा दिइएको प्रशंग जोड्दै प्रधानमन्त्री ओलीले
भने,‘ट्रम्प र उनको वार्ता गर्दा नेपाली सेना चाहियो, संसारका सबैभन्दा बलियो सेना भएर होइन, संसारका सबैभन्दा इमान्दार भएर हो ।’

‘हामी कसैविरुद्ध कार्ड खेल्दैनौं, छिमेकीसँग शान्त र सुमधुर र इमान्दार अन्तराष्ट्रिय सम्बन्ध कायम गर्छौं’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री