शुक्रबार, १६ चैत २०८०

नेपाली बोल्नै सकस

समयपोष्ट २०७५ असार ९ गते ३:१०

अभिनेत्री माला लिम्बु अभिनयले भन्दा हट एण्ड सुन्दर जिउडालका कारण बढी चर्चामा रहने गर्छिन् । म्यूजिक भिडियोसँगै उनले दर्जन बढी फिल्ममा पनि अभिनय गरिसकेकी छिन् । विशेषतः उनी आइटम गर्लको रुपमा बढी परिचित छिन् ।

Advertisement

माला अझै पनि आफूलाई अभिनेत्रीको रुपमा चिनाउन प्रयासरत छिन् । बिहीवार उनको प्रमुख भूमिका रहने फिल्म ‘पुरानो बुलेट’ को औपचारिक निर्माण घोषणा गरियो । यो फिल्मकी उनी सोलो हिरोइन भने होइनन् ।

अभिनेत्री वर्षा सिवाकोटीसँगै अभिनेता अनुप विक्रम शाही पनि यसमा प्रमुख भूमिकामा छन् । भिषण राईले यो फिल्मबाट निर्देशनमा हात हालेका छन् । नेपालीभन्दा अंग्रेजी ‘बुटुङटुङ’ बोल्ने मालालाई फिल्मको घोषणा सभामा आफ्नो भनाई नेपालीमा राख्न पसिना छुट्यो ।

आफ्नो कुरा राख्दै गर्दा नेपालीमा बोल्न गाह्रो भएपछि अंग्रेजी बोल्नका लागि बाटो खोल्दै उनले बिना हिचकिचाहट भनिन्, ‘प्लिज डन्ट माइन मेरो नेपाली अलि राम्रो छैन ।’ नेपाली र अंग्रेजी छ्यासमिस गर्दै झण्डै १ मिनेटसम्म उनले कनिकुथी आफ्नो कुरा राखिन् ।

मालामात्र होइन नेपालमा धेरै अभिनेत्रीलाई स्पष्टसँग नेपाली बोल्न आउँदैन । विदेशी भाषा बोल्नु आफैमा अपराध होइन तर आफ्नै मातृभाषा बोल्न आउँदैन भन्नु अपराध भन्दा कम पनि होइन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री