शनिबार, ८ वैशाख २०८१

चिनियाँ प्रधानमन्त्री खछ्याङ र प्रधानमन्त्री ओलीबीच आज भेटबार्ता, यि बिषयमा सम्झौता हुँने

समयपोष्ट २०७५ असार ७ गते ५:१२

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार ग्रेट हल अफ दी पिपलमा चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने भएका हुन् ।

Advertisement

भेटवार्तापछि रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सहित हुनेछ । जसमा नेपाल–चीनबीच उर्जा सहयोग, अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण लगायतका विषय समेटिने छन् ।

चीनको स्वसाशित क्षेत्र तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग केरङ हुँदै काठमाडौं जोड्न नेपाल र चीनबीच बेइजिङमा सम्झौता हुन लागेको हो ।

यसअघि बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भएको भेटवार्तामा राष्ट्रपति सीले चिनियाँ रेल छिट्टै काठमाडौँ पुग्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री