आइतबार, २९ असार २०८२

काठमाडाैं महानगरकाे बजेट २५ अर्ब ७० करोड

समयपोष्ट २०८१ असार १० गते १७:५५

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

Advertisement

उपमेयर सुनिता डंगोलले १५औं नगरसभामा बजेट पेश गरेकी हुन् ।

चालु आर्थिक वर्षको लागि कुल बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँ ल्याइएको थियो । महानगरले गत माघमा संशोधन गरेर २४ अर्ब ८ कराेड ५७ लाख रुपैयाँ पुर्‍याइएकाे थियाे ।

आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ, कार्यालय सञ्चालन र प्रशाससनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार, पूर्वाधार विकासका लागि १४ अर्ब ८१ कराेड ५१ लाख ५१ हजार रुपैयाँ विनियाेजन गरेकेा डंगाेलले सुनाइन् ।

स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने, समाजिक सदभाव र एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने र स्वरोजगार बनाइ विदेशीने दर घटाउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपमेयर डंगोलले बताइन् ।

Advertisement

बजेटमा ११ वटा महानगर गौरवको आयोजनालाई ३ अर्ब ८० करोडको बजेट छुट्याइएको छ । यस्तै ३० वटा स्वर्णिम योजनामन लागि पनि बजेट छुट्याइएको छ । पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको छ । सामाजिक विकासका लागि ३ अर्बभन्दा बढी छुट्याइएको छ भने सुशासनका लागि १ अर्ब ८९ करोड भन्दा बढी छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री