यमनमा डुङ्गा डुब्दा ३९ आप्रवासीको मृत्यु

यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तिमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीयको एजेन्सीले मङ्गलबार जनाएको छ ।

Advertisement

यमन तटमा भएको दुखद घटनामा सोमबार दुई ६० आप्रवासी बोकेको डुङ्गा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै एक सय ५० बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार गगरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले सोमबारको डुबानलाई उल्लेख गर्दै एक्समा सार्वननिक गरेको छ ।

प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् ।
अप्रिलमा, दुई डुङ्गाहरू जिबूतीको तटमा दुई हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो ।

आइओएमले यस वर्ष समावेश नगरी सन् २०१४ देखि आप्रवासन मार्गमा कुल एक हजार तीन सय ५०जनाको मृत्यु भएको जनाएको छ ।
सन् २०२३ मा मात्रै, यसले समुद्रमा हराएको एक सय पाँच सहित मार्गमा कम्तिमा छ सय ९८ जनाको मृत्यु भएको बताएको छ ।
आइओएमले मङ्गलबार जिवित मानिसहरूलाई तत्काल सहायता प्रदान गरिरहेको बताएको छ ।

यमनमा सफलतापूर्वक पुग्ने आप्रवासीहरूले प्रायः आफ्नो सुरक्षाका लागि थप खतराहरूको सामना गर्छन् । अरब प्रायद्वीपको सबैभन्दा गरिब देश एक दशकदेखि गृहयुद्धमा फसेको छ ।
धेरैले साउदी अरब र अन्य खाडी अरब देशहरूमा पुग्ने प्रयास गरिरहेका छन् जहाँ उनीहरू मजदुर वा घरेलु कामदारको रूपमा काम गर्छन ।

Advertisement

अगस्टमा ह्युमन राइट्स वाचले साउदी सीमा रक्षकहरूलाई मार्च २०२२ र जुन २०२३ को बिचमा यमनबाट खाडी राज्यमा प्रवेश गर्न खोज्ने “कम्तिमा सयौं“ इथियोपियालीहरूको हत्या गरेको आरोप लगाएको थियो ।
रियादले समूहको निष्कर्षलाई निराधार र भरपर्दो स्रोतहरूमा आधारित नभएको भन्दै खारेज गरेको थियो । (रासस/एएफपी)

प्रतिक्रिया

सम्बन्धित सामाग्री