सन्राइज बैंकका ग्राहकलाई के एफ सी, पिज्जा हट/क्रिम बेलमा विशेष छुट
समयपोष्ट
२०८० जेठ ३० गते २०:४९
सन्राइज बैंक र देव्यानी इन्टरनेश्नल नेपाल बिच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सन्राइज बैंकका ग्राहक वर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।
डिजिटल कारोबारलाई प्रर्बद्घन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले के एफ सी, पिज्जा हट/क्रिम बेलसंग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।
यस सम्झौता अन्तर्गत सन्राइज बैंकका ग्राहक वर्गहरुले बैंकको मोबाइल बैंकिङ्ग एप ‘Sunrise Smart+’ बाट नेपाल पे क्यु आर स्क्यान गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित के एफ सी, पिज्जा हट क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउने बैंकले जनाएको छ । यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको छ ।
प्रतिक्रिया