आइतबार, ६ जेठ २०८१

महुली लघुवित्तले एफपीओ जारी गर्ने

समयपोष्ट २०७९ असार १५ गते १३:१४

Advertisement

महुली लघुवित्त वित्तीय संस्थाले अतिरिक्त साधारण सेयर (एफपीओ) जारी गर्ने भएको छ।

लघुवित्तले सर्वसाधरणलाई छुट्याएको कुल सेयरमध्ये बाँकी रहेको ४ लाख १६ हजार १४७ कित्ता थप सार्वजनिक निष्कासन गर्न लागेको हो।

यसका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति प्रकृया अगाडि बढाएको छ। लघुवित्तले बिक्री प्रबन्धकका लागि आह्वान गरेको छ।

इच्छुक मर्चेन्ट बैंकर कम्पनीले आफ्नो कम्पनीको प्रोफाइल सहित १५ दिन भित्र दर रेट पेश गर्न सक्नेछन्।

Advertisement

हाल कम्पनीको सूचीकृत सेयर २८ लाख २१ हजार ६९४ कित्ता छ। मंगलबारको तथ्यांक अनुसार दोस्रो बजारमा यस कम्पनीको सेयर कारोबार १ हजार २० रुपैयाँमा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री