शुक्रबार, १६ चैत २०८०

एस.एल.आर टेक्नो एण्ड ट्रेडको न्यू इयर अफर नयाँ वर्ष योजना थप अफरका साथ परिमार्जन

समयपोष्ट २०७९ असार १४ गते १४:२५

Advertisement

मोटरहेड ब्राण्डका नेपालका लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाउँदै बिग बिगर बिगेष्ट नामाकरण गर्दै सोमबारबाट थप अफरका साथ परिमार्जित गरेको छ ।

कम्पनीले सो मितिबाट मोटरहेडका वाइक खरीद गर्ने आफ्ना ग्राहकलाई स्क्रयाच कुपन, बम्परमा सहभागीको साथै २ वर्षको वार्षिक कर फ्रि हुने जानकारी दिएको छ ।

जसमा स्क्रयाच गरी रु.१ लाख सम्म छुट पाउन सकिने र वम्परमा रु.२,०७,९००।– नगद उपहार जित्न सकिने छ । साथै, पुराना वाइक सट्टापट्टा गरी खरीद गर्ने ग्राहकको हकमा कम्पनीले स्क्रयाच कार्ड उपलब्ध नहुने गरी सोझै बजार मुल्याकंनमा थप रु.२०,०००।– मुल्याकंन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार यो अफर सिमित अवधिको लागि लागू रहने छ । साथै कम्पनीको वाइकहरु हाल पुरानै मुल्यमा उपलब्ध रहेता पनि छिट्टै मुल्य बढ्ने जानकारी कम्पनीले दिएको छ । मोटरहेड ब्राण्डका अपग्रेडेड मोडलहरु जस्तै Scrambler, Tekken R 223, X-Torque 223, Sports-250 Offroad/ Road, MH-200X / MH-150R यो समयमा युवा र वयस्क माझ परिचित र रुचाइएको पाइन्छ । कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री