यौन दुर्व्यवहारको आरोपमा इन्स्टिच्युटका सञ्चालक पक्राउ

विराटनगर महानगरपालिका–५ स्थित बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्युटका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। इन्स्टिच्युटमा पढ्न आउने एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

Advertisement

इन्स्टिच्युटका सञ्चालक ३६ वर्षीय गुनानन्द महतोलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार बिहान ६ बजेतिर इन्स्टिच्युटमा पढ्न गएकी १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा महतोलाई पक्राउ गरेको हो।

‘युवती इन्स्टिच्युटमा एक्लै भएको मौका छोप्दै महतोले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका हौं,’ डिएसपी श्रेष्ठले भने, ‘पीडित युवतीको तर्फबाट महतोविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।’ महतोविरुद्ध जाहेरी दर्ता भएको र प्रहरीलाई दिएको जानकारीका आधारमा घटनाको अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री