बुधबार, १२ वैशाख २०८१

बाबुराम भट्टराईलाई कार्वाही गर्न माग (ज्ञापनपत्र सहित)

समयपोष्ट २०७९ असार १२ गते २१:५१

Advertisement

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् ।

भट्टराई र केही केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचन अघि र स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पनि पार्टीका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन कार्य गरिरहेको र सो हस्ताक्षर भट्टराईलाई कार्यकारी अध्यक्ष बनाउन गरिएको उनीहरूको आरोप छ ।

पत्रमा भनिएको छ, ‘कोही पार्टी कब्जा गर्न, कोही पार्टी फटाउन, कोहीले मन्त्रीमण्डलमा आफ्ना मान्छे राख्न यो सब गरिएको भन्छन् । शीर्ष नेताकै नेतृत्वमा पाटी विरुद्ध थालिएको यस्ता अराजक गतिविधिले पार्टी कार्यकर्ताहरूमा व्यापक भ्रम र निराशा सिर्जना गराएको छ र सङ्गठनमा क्षति पुर्‍याउने काम भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री