शुक्रबार, ७ वैशाख २०८१

एनएमबि बैंकका ग्राहकलाई भाटभटेनीमा किनमेल गर्दा ५०० रुपैयाँसम्म क्यासब्याक

समयपोष्ट २०७९ असार ९ गते १८:२५

Advertisement

एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी इएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरूले १०% वा रु.५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी गरेको छ ।

यो योजना असार १२ गतेदेखि सिमित अवधिको लागि प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुँने बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको जनाएको छ । यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो । बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री