उद्योग बाणिज्य संघ अर्घाखाँचीका नवनिर्वाचित पदाधिकारीद्धारा पदवहाली


अशोक खनाल
अर्घाखाँची उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदवहाली गरेका छन् ।

शुक्रबार नेपाल उधोग बाणिज्य महासंघका पुर्ब केन्द्रिय सदस्य तथा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पदबाहाली कार्यक्रममा संघका निबर्तमान अध्यक्ष युबराज श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

Advertisement

संघका निर्बाचित अध्यक्ष प्रदीप मिश्रलाई निबर्तमान अध्यक्ष युबराज श्रेष्ठले उधोग बाणिज्य संघको लोगो लगाइ पदवहाली गराएका थिए ।नबनिर्बाचित अध्यक्ष मिश्रले पद वहाली गरे लगत्तै सन्धिखर्क नगरपालिका वडा न, १० निवासी क्यान्सर रोगबाट पिडित प्रेम बहादुर थापालाई उपाचार्थ रु ५१०० आर्थिक सहयोग प्रदान गरेका थिए ।

सोही अवसरमा संघका निवर्तमान अध्यक्ष युवराज श्रेष्ठले निज थापाको उपचार्थ रु २५०० सहयोग गरेका थिए ।

जेष्ठ २८ गते सम्पन्न अधिबेशनले संघको अध्यक्षमा प्रदीप मिश्र, वरिष्ठ उपाध्यक्षमा राम प्रसाद भुसाल, बाणिज्य तर्फको उपाध्यक्षमा साजन ओलि , उधोगतर्फको उपाध्यक्षमा काजी श्रेष्ठ, महासचिवमा तुल्सी खनाल, सचीवमा सन्तोष बस्नेत , कोषाअध्यक्षमा रुद्र श्रेष्ठ , सह सचिबमा लेखनाथ भुसाल सदस्य हरुमा मोतिलाल खनाल सहित २३ सदस्यीय नयाँ समितिको चयन गरेको थियो ।

Advertisement

पदवहाली लगत्तै बसेको संघको प्रथम बैठकले आफ्ना उधोगी ब्याबसायी भित्र मिर्गौला, क्यान्सर तथा मुटुरोग जस्ता कुनै पनि घातकरोग पीडित ब्याबसायी हरुको निम्ति रु ११००० ९ एघार हजार ० आर्थिक सहयोग गर्ने निर्णय गरेको संघका अध्यक्ष प्रदीप मिश्रले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री