सोमबार, २४ वैशाख २०८१

कस्तो सिकाइ

समयपोष्ट २०७९ जेठ २६ गते १२:३०

                       प्रभुनारायण बस्नेत

Advertisement

शिक्षामा सबभन्दा अस्तव्यस्त र उपेक्षित क्षेत्र आधारभूत तह नै रहेको छ । यो तहमा विद्यार्थी स्वयम् पनि बुझ्ने अवस्थामा हुँदैनन् । कस्तो शिक्षा, किन पढ्ने र पढेर के हुन्छ ? भन्ने ज्ञान नहुने उमेरका विद्यार्थीमाथि ज्यादातर ज्यादति हुने गरेको छ । यो तहमा अध्ययनरत विद्यार्थीप्रति शिक्षक र अभिभावकको जिम्मेवारी धेरै नै रहन्छ । तर, दुवै पक्षबाट उपेक्षित बनेको छ यो तह ।

कोरोना महामारीका कारण खल्बलिएको शिक्षा क्षेत्र बिस्तारै लयमा फर्कंदै छ । लामो समय बन्द रहेका स्कुल/कलेज खुलेका भए पनि विद्यार्थीको पढ्ने बानी छुटिसकेकाले समस्या भएको छ । यस्तै अवस्थामा एउटा शैक्षिक सत्र पूरै बित्यो । यो शैक्षिक सत्रको अन्तिमतिर शिक्षण संस्थाहरु खुले पनि पढाइ सुचारु हुन नपाउँदै परीक्षाको चटारो सुरु भयो । अघिल्लो वर्षदेखि नै गम्भीर सङ्कटमा परेको शिक्षा क्षेत्रले स्वाभाविक गति लिन र नियमित तालिकाअनुसार सञ्चालन हुने स्थिति बन्न अझै लामो समय कुर्नु पर्नेछ । झण्डै एउटा शैक्षिक सत्र वैकल्पिक उपाय गरेर नै सञ्चालन भयो । प्रत्यक्ष र शिक्षण संस्थामै शिक्षक–विद्यार्थी उपस्थित भएर गरिने पठनपाठन सम्भव भएन । महामारी मत्थर भएर अवस्था सामान्य हुँदै गएपछि पूर्ण होसियारीका साथ सञ्चालन भएर बितेको शैक्षिक सत्र पनि उति सारो उपलब्धिमूलक बन्न सकेन ।

अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । जेठ ४ गतेबाट देशभरिका सामुदायिक र निजी विद्यालय सञ्चालनमा आउने र नियमित पठनपाठन हुने कार्यक्रम भए पनि अनेक समस्याले गर्दा त्यस्तो हुन सकेन । विद्यालय खोल्ने औपचारिकता पूरा गरे पनि पठनपाठन सुचारु हुन अझै केही समय लाग्ने देखिएको छ । स्थानीय निर्वाचनमा खटिने शिक्षकले निर्वाचनको कामबाट पूर्णरुपले अवकाश पाउन अझै केही समय लाग्नेछ । कतिपय विद्यालय मतगणना केन्द्रको रुपमा रहेकाले पनि पढाइ सञ्चालन गर्न अप्ठ्यारो परेको छ । त्यसबाहेक सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक छपाइकै क्रममा रहेकाले पनि यथासमय पठनपाठन सुचारु हुन सम्भव देखिँदैन ।

डरलाग्दो महामारीबाट उम्किएर पनि समयतालिकाअनुसार शिक्षा क्षेत्र अघि बढ्न नसक्नुमा मूलतः सरकारी पक्ष जिम्मेवार देखिन्छ । सरकारको लापरवाही, शिक्षा क्षेत्रप्रतिको निरन्तर उपेक्षा र शिक्षणसंस्थाहरु अति राजनीतिकरणको शिकार हुनुले फेरि पनि यो क्षेत्र पुरानै समस्याबाट गुज्रनुपर्ने खतराबाट भुक्त भएको छैन । शिक्षा क्षेत्रको दायरा जुन हिसाबले व्यापक बन्दै गएको छ, त्यहीरुपमा समस्याका चाङ लाग्ने क्रम बढ्दो छ । केही वर्षअघिसम्म शिक्षा आर्जनको विषय शौखमा पथ्र्यो । अब यो अनिवार्य आवश्यकता बन्न पुगेको छ । पढ्ने उमेरका प्रत्येक बालबालिकाले स्कुल जानुपर्छ भन्ने बोध तिनका अभिभावले गरेका छन् । यो निकै ठूलो उपलब्धि हो । अझ वैदेशिक रोजगारीमा जाने ग्रामीण समुदायका मानिसहरुले त आफ्ना केटाकेटीलाई ठूला शहर वा बजार इलाकामा राखेर अङ्ग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा नै पढाउन थालेका छन् । सामुदायिक विद्यालयप्रतिको अविश्वास र निजीप्रतिको आकर्षणको यो अवस्था राम्रो होइन । यो अवस्था कसरी उत्पन्न भयो भन्नेबारेमा यसबीचमा निकै चर्चा परिचर्चा पनि भइसकेको छ । शिक्षालाई व्यापारको वस्तु बनाउने र मुनाफा आर्जनको क्षेत्रको रुपमा प्रयोग गर्ने प्रवृत्ति नै यसमा जिम्मेवार छ । स्वयम् सरकार, निजी क्षेत्र र सरकारी विद्यालयका शिक्षकसमेत यसमा संलग्न छन् ।

Advertisement

शिक्षा भनेको सिक्नु हो । हाम्रो शिक्षा प्रणालीले भावी सन्ततिलाई के सिकाउँछ ? कस्तो शिक्षा दिन्छ र कस्ता नागरिक उत्पादन गर्छ ? भन्ने कुरामा नै हाम्रो देशको भविष्य निर्भर रहन्छ ।

गुणस्तरीय शिक्षा र निःशुल्क एवम् प्रभावकारी स्वास्थ्योपचार सुविधा नै लोककल्याणकारी राज्यको पहिचान हो । तर, हामीकहाँ यिनै क्षेत्र सबभन्दा अस्तव्यस्त, गुणस्तरहीन र महँगो देखिन्छन् । सर्वसुलभता त नारामा मात्र सीमित छ । अधिकांश दुर्गम गाउँमा राम्रा स्कुल र स्वास्थ्य केन्द्रको अभाव छ । छोराछोरीलाई राम्रोसँग पढाउन चाहनेले शहरबजार ताक्नुपर्ने र सामान्य बिरामीले पनि उपचार नपाउने स्थितिमा परिवर्तन हुने कुनै सङ्केत देखिँदैन । सही शिक्षा नीतिको अभावले नै यस्तो स्थिति बनेको हो । राजनीतिक परिवर्तनले मात्र समाज रुपान्तरण सम्भव नहुने रहेछ भन्ने कुरा विगत पचहत्तर वर्षको इतिहासले साबित गरिदिएको छ । परिवर्तनको परिणाम हात पार्न असल, योग्य र इमान्दार नागरिकको खाँचो पर्दछ । त्यसको निम्ति तदनुरुपकै शिक्षा पद्धति आवश्यक पर्छ ।

शिक्षा प्रणालीमा भएका त्रुटि सच्याउने, जीवनपयोगी शिक्षाको व्यवस्था गर्ने, शिक्षालाई उन्नत जीवनयापनको साधनको रुपमा उपयोग गर्न सक्ने बनाउनेतिर सम्बन्धित निकायको ध्यान कमै गएको पाइन्छ । सही अर्थमा शिक्षा भनेको सिक्नु हो । हाम्रो शिक्षा प्रणालीले भावी सन्ततिलाई के सिकाउँछ ? कस्तो शिक्षा दिन्छ र कस्ता नागरिक उत्पादन गर्छ ? भन्ने कुरामा नै हाम्रो देशको भविष्य निर्भर रहन्छ । शिक्षा क्षेत्रमा अनेकौं समस्या छन् । तिनको नीतिगत र व्यावहारिक दुवै कोणबाट हल खोज्न सम्भव त छ तर त्यसका लागि इमान्दार प्रयत्न हुनु आवश्यक छ । त्यसको पहलकदमी सरकारी पक्षले नै लिनुपर्छ । त्यो उसको दायित्व पनि हो । त्यसको अर्थ निजी क्षेत्रको कुनै भूमिका नै हुँदैन, ऊ पूर्णतया दायित्वमुक्त छ भन्ने होइन । दुवै पक्ष मिलेर यसको सही समाधान खोज्नुपर्छ ।

शिक्षाको जग बसाउने काम विद्यालय तहबाट नै हुन्छ । विद्यालय शिक्षा सही भयो भने अगाडिको शैक्षिक यात्रा सहज, उपलब्धिमूलक र प्रभावकारी बन्न सक्छ । जसरी घर निर्माण गर्दा जग कमजोर भयो भने सम्पूर्ण संरचनालाई असर गर्छ, त्यसैगरी शिक्षाको जग अर्थात् विद्यालय शिक्षा राम्रो भएन भने पूरै जीवन डाँवाडोल हुन्छ । सिक्नुपर्ने कुरा सिकाइएन/सिकिएन भने काम गर्न सहज हुँदैन । त्यसैले विद्यालय तहलाई सबैभन्दा बढी ध्यान दिइन्छ । संसारका कतिपय विकसित देशमा त आधारभूत शिक्षामा सरकारको सारा ध्यान केन्द्रित भएको पाइन्छ । आधारभूत तह पार गरेपछि रोजगारीको विकल्प पनि खोज्न सक्ने भएकाले यसलाई प्रभावकारी रुपमा सम्पादन गर्न सके अपेक्षित उपलब्धि हात लाग्न सक्छ ।

शिक्षामा सबभन्दा अस्तव्यस्त र उपेक्षित क्षेत्र आधारभूत तह नै रहेको छ । यो तहमा विद्यार्थी स्वयम् पनि बुझ्ने अवस्थामा हुँदैनन् । कस्तो शिक्षा, किन पढ्ने र पढेर के हुन्छ ? भन्ने ज्ञान नहुने उमेरका विद्यार्थीमाथि ज्यादातर ज्यादति हुने गरेको छ । यो तहमा अध्ययनरत विद्यार्थीप्रति शिक्षक र अभिभावकको जिम्मेवारी धेरै नै रहन्छ । तर, दुवै पक्षबाट उपेक्षित बनेको छ यो तह ।

अहिले नेपाल सरकारले प्रारम्भिक शिक्षालाई आधारभूत नाम दिएको छ । सुरुमा यसलाई प्राइमरी भनियो, पछि त्यसैलाई नेपालीकरण गरेर प्राथमिक भनियो र अहिले आधारभूत नाम दिइएको छ । शिक्षामा सबभन्दा अस्तव्यस्त र उपेक्षित क्षेत्र आधारभूत तह नै रहेको छ । यो तहमा विद्यार्थी स्वयम् पनि बुझ्ने अवस्थामा हुँदैनन् । कस्तो शिक्षा, किन पढ्ने र पढेर के हुन्छ ? भन्ने ज्ञान नहुने उमेरका विद्यार्थीमाथि ज्यादातर ज्यादति हुने गरेको छ । यो तहमा अध्ययनरत विद्यार्थीप्रति शिक्षक र अभिभावकको जिम्मेवारी धेरै नै रहन्छ । तर, दुवै पक्षबाट उपेक्षित बनेको छ यो तह । ‘यी केटाकेटी के जान्दछन् र, यिनलाई बढ्ता ध्यान दिएर के फाइदा !’ भन्ने धारणा धेरै जसो प्राथमिकता शिक्षकको छ ।

निजी क्षेत्रको शिक्षा त झन् पुस्तकको भारी बोकाउने, अनावश्यक घोकाउने, विद्यार्थीलाई कैदी जस्तो बनाउने र त्रासमा राख्नेमै सीमित छ । हामी नेपालीले बुझेको पनि त्यही हो । अङ्ग्रेजी बोल्न सक्ने जाँचमा धेरै नम्बर ल्याउनेलाई नै गुणस्तरको मापदण्डभित्र राख्छौं हामी । तर, त्यतिले मात्र एउटा किशोरको योग्यता वृद्धिमा पर्याप्त हुँदैन । हाम्रो गुणस्तरको मापदण्ड नै गलत छ । गुणस्तरका लागि अनेक ‘फ्याक्टर’ छन् । त्यसमा पाठ्यक्रम, पाठ्यपुस्तक, पठनपाठन, शिक्षण विधि, अतिरिक्त क्रियाकलाप आदि समाविष्ट छन् । स्कुल पठाउनुअघि घरमा आमाबाबुले के सिकाउने, स्कुलमा कसरी पारिवारिक वातावरण बनाउने, स्कुलमा रत्याउन शिक्षक–शिक्षिकाले के भूमिका खेल्ने आदि कुराले उसको स्कुले जीवन सफल/असफल हुने कुरा निर्भर गर्दछ । स्कुलमा शिक्षकले हप्काउने, थर्काउने, अनुशासनको नाममा यातना दिने गर्दा सुरुदेखि नै विद्यालय, शिक्षक र पढाइप्रति नकारात्मक धारणा बन्ने खतरा रहन्छ । यसमा सबभन्दा बढी शिक्षक सतर्क रहनुपर्छ ।

प्रथमोऽप्रवेश

सामान्यतया ‘प्रथमोऽप्रवेश’ भनेको पहिलो दिनको स्कुल भन्ने अर्थ लाग्छ । पहिलो दिन सुखद् भयो भने बाँकी विद्यालय जीवन पनि सुखद् बन्छ भन्ने विश्वास गरिन्छ । ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भनेझैं ‘पहिलो गाँसमै ढुङ्गा’ भयो भने पढाइप्रति नै वितृष्णा जाग्छ । त्यसैले स्कुल पठाउँदा अक्षराम्भ गराउँदा बहुत ख्याल गर्नुपर्छ । केटाकेटीलाई ‘कुमालेको काँचो माटो’ सँग तुलना गर्ने चलन छ । हौसला र प्रोत्साहनले उसलाई एउटा सफल व्यक्तिमा रुपान्तरण गर्ने दायित्व विद्यालयको हो । तर, विद्यार्थीबीच नै भेदभाव राख्ने, आग्रह–पूर्वाग्रह राख्ने शिक्षकले कसैको पनि भविष्य बनाउन सक्दैन । र, त्यस्तो शिक्षकलाई सही अर्थमा शिक्षक मान्न पनि सकिँदैन । शिक्षककै कारण अङ्गुलीमालको जन्म भएको कथनलाई सदा स्मरण गरिराख्नुपर्छ ।

विद्यालय परिवर्तन गरेर नयाँ विद्यालयमा भर्ना हुनु पनि पहिलो प्रवेश नै हो । त्यस्ता घटना पनि बाक्लै हुन्छन् । त्यहाँ पनि ऊ नौलो नै हुन्छ । नयाँ परिवेश, नयाँ गुरु, नयाँ साथी बनाउनुपर्ने आवश्यकताले उसलाई बेचैन गराइराखेको हुन्छ । त्यसकारण नयाँ आउने आगन्तुकप्रति सिङ्गो परिवार सकारात्मक र सहयोगी बन्नुपर्छ । विद्यालय परिवर्तन गर्नेमा पनि उत्तिकै उत्सुकता, त्रास र जिज्ञासा रहन्छन् । त्यसलाई सकारात्मक मोड दिइयो भने मात्र नवागन्तुक राम्ररी रत्तिन सक्छ ।

नयाँलाई जहाँ पनि थुप्रै चुनौती हुन्छन् । विवाह गरेर आउने नयाँ दुलहीजस्तै हो नयाँ विद्यालयमा प्रवेश गर्ने एउटा विद्यार्थी पनि । दुवैले सिक्दै, जान्दै, गर्दै वातावरण आफ्नो अनुकूल बनाउँदै लानुपर्ने चुनौतीको सामना गरिरहेका हुन्छन् । आफ्नो घरमा निर्भयताका साथ र निर्धक्क भएर विचरण गरेकालाई नयाँ वातावरणमा ‘एडजस्ट’ गर्ने समय लाग्छ । त्यस बीचमा अनेक उपहार, व्यङ्ग्यर खप्की पनि खानुपर्छ । यी यावत समस्यालाई झेल्दै सङ्घर्ष गर्दै आएको स्थान बनाउनु र सफल जीवनको यात्रामा लाग्नु नवप्रवेशीको पनि कर्तव्य बन्न जान्छ ।

भ्रममुक्त होऔं

शिक्षाको गुणस्तरबारे प्रायः सबैमा भ्रम व्याप्त छ । गुणस्तर के हो भन्ने सही ठम्याइ नभए पनि हामी सबै आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिएर योग्य बनाउन चाहन्छौं । सन्तानलाई सक्षम बनाउने धुनमा महँगा र नाम चलेका विद्यालयमा भर्ना गराउँछौं । जबकि त्यस्तो विद्यालयको खर्च धान्ने औकात ती अभिभावकको हुँदैन । महँगो भएपछि राम्रो हुन्छ भन्ने र ‘कडा अनुशासन’ भएका स्कुललाई उत्कृष्ट ठह¥याउने भ्रम पढालेखा वर्गमै व्याप्त छ । महँगो शुल्क लिने स्कुलमा सुविधा बढी दिइएको हुन्छ । स्कुलमा स्वीमिङ पुल, डेकोरेटेड कक्षाकोठा, भव्य आगन्तुक कक्ष, होसियार शिक्षक, विनम्र प्रशासन देख्दा सबै आकर्षक लाग्छन् । तर, ती सबै देखावटीपन विद्यार्थीका लागि होइन । विद्यार्थीलाई त जघन्य अपराधको अभियोग लागेको हिरासतको कैदीकै जस्तो व्यवहार गरिन्छ ती विद्यालयमा पनि ।

‘घोकन्ते विद्या ध्याउन्ते खेती’ भन्ने फर्मूलाअनुसार रटान लगाएर पढाउने स्कुल रोज्ने होइन बल्की त्यो भनेको के हो भन्ने बुझाएर पढाउने स्कुलाई उत्कृष्ट विद्यालयको कोटीमा राख्नुपर्छ । परीक्षाको नम्बर मात्र गुणस्तरको मापदण्ड होइन । सेटिङमा ल्याउने डिभिजन र ब्रोकन इङ्लिस बोल्नु नै सफलता होइन ।

गृहकार्य नगरेको निहुँमा अस्पताल लानुपर्ने गरी पिट्ने, कक्षाकार्य नगरेको भनेर यातना दिने, समयमा शुल्क नतिरेको भनेर ‘एसेम्ब्ली’मा उभ्याएर मानसिक प्रताडनाको शिकार बनाउने विद्यालय नै अभिभावकको दृष्टिमा राम्रा स्कुल मानिन्छन् । सायद राम्राको हाम्रो परिभाषाले पनि शिक्षा क्षेत्रलाई क्षति पु¥याइरहेको छ । हामी शिक्षादीक्षा दिएर आफ्ना सन्तानलाई के बनाउन चाहन्छौं भन्ने कुराले पनि धेरै माने राख्छ । अधिकत्तर अभिभावक बाह्र पास गराएर आफ्ना छोराछोरीलाई विदेश पठाउन चाहन्छन् । त्यसैले तिनले अङ्ग्रेजी राम्रो पढाउने स्कुल रोज्छन् । युनाइटेड मिसनद्वारा सञ्चालित सेन्टजेभियर्स र सेन्टमेरिज स्कुलमा ठूला–बडाका छोराछोरी भर्नाका लागि ताँतीमा खडा हुनुको कारण पनि त्यही हो । त्यहाँ पढाएपछि जुनसुकै देशको पनि सहजै भिसा लाग्छ भन्ने सोचले त्यस्तो भएको हो ।

अतः आफ्ना सन्तानलाई सुशिक्षित, सुसंस्कृत, सहनशील र मातृभूमिप्रति उच्च सम्मान भाव राख्ने बनाउने हो भने हाम्रा अभिभावकको दृष्टिकोणमा परिवर्तन आवश्यक छ । ‘घोकन्ते विद्या ध्याउन्ते खेती’ भन्ने फर्मूलाअनुसार रटान लगाएर पढाउने स्कुल रोज्ने होइन बल्की त्यो भनेको के हो भन्ने बुझाएर पढाउने स्कुलाई उत्कृष्ट विद्यालयको कोटीमा राख्नुपर्छ । परीक्षाको नम्बर मात्र गुणस्तरको मापदण्ड होइन । सेटिङमा ल्याउने डिभिजन र ब्रोकन इङ्लिस बोल्नु नै सफलता होइन ।

कस्ता विद्यालय रोज्ने ?

अहिले निजी स्कुलको व्यापार प्रवद्र्धन गर्ने शैली र त्यसलाई नै पच्छ्याएर सफल हुन सकिन्छ भन्ने सामुदायिक स्कुलको प्रवृत्तिले अभिभावकमा ठूलो अन्योल खडा गरिदिएको छ । एउटा खेल्ने राम्रो कम्पाउण्ड छैन, खेलकूदको सामग्री छैन, खेलकूद शिक्षक छैन, खेल्ने समयतालिका छैन, अतिरिक्त क्रियाकलापको नामै सुनेका हुँदैनन् विद्यार्थीले, त्यस्ता विद्यालयलाई राम्रा मानेर हाम्रा अभिभावक केटाकेटी भर्ना गर्न त्यहाँ पु¥याउँछन् । स्कुलमा गएर पनि खेल्ने हो त, पढ्नु पो पर्छ, खेल्ने भए स्कुलमा त्यत्रो फि तिरेर किन भर्ना गर्ने ? भन्ने अभिभावकको अझै कमी छैन ।

छोराछोरी बाबुआमाले बनाउन चाहेजस्ता बन्दैनन् । अपवाद छाडेर त्यस्तो हुँदैन । त्यो आफ्नै बाल्यकाल र विगत फर्केर हेर्दा पनि थाहा हुन्छ । बाउ–आमाले त जुन बाटो हिँड्न चाहे पनि सहजताका साथ हिँडोस् र यात्रामा सफल होस् भन्ने चाहना राख्नेमात्र हो । जबर्जस्ती यही बाटो हिँड् भन्ने ढिपी गर्नु होइन ।

खेलकूद पनि शिक्षाकै अङ्ग हो । यसको ज्ञान लिन, दक्षता हाँसिल गर्न पनि प्रशिक्षण, तालिम र अध्ययनको खाँचो छ भन्ने ज्ञान हाम्रा अभिभावकलाई हामीले दिनुपर्छ । कोर्षका किताब रटाउनु र जाँचमा राम्रो नम्बर ल्याउनुमात्र सफलताको मापदण्ड होइन । शारीरिक, मानसिक र बौद्धिकरुपले सबल, सक्षम र योग्य बन्न आवश्यक पर्ने सारा कुरा विद्यार्थी जीवनमै पूरा गर्नुपर्छ । त्यसका लागि स्कुलहरुले सक्दो योगदान गर्र्नुपर्छ । साधन र स्रोतको सीमितताले सबै कुरा आफ्नै विद्यालयले प्रदान गर्न नसके पनि त्यस्तो चेतना दिने र वातावरण बनाउने कार्य गर्ने विद्यालय वास्तवमा राम्राको श्रेणीमा पर्दछन् र हाम्रा अभिभावकले बुझेर त्यस्ता विद्यालयको छनोट गर्नुपर्छ ।

छोराछोरी बाबुआमाले बनाउन चाहेजस्ता बन्दैनन् । अपवाद छाडेर त्यस्तो हुँदैन । त्यो आफ्नै बाल्यकाल र विगत फर्केर हेर्दा पनि थाहा हुन्छ । बाउ–आमाले त जुन बाटो हिँड्न चाहे पनि सहजताका साथ हिँडोस् र यात्रामा सफल होस् भन्ने चाहना राख्नेमात्र हो । जबर्जस्ती यही बाटो हिँड् भन्ने ढिपी गर्नु होइन । शिक्षा भनेको पनि त्यही हो । शिक्षाले कुनै पनि मानिसलाई प्रश्न गर्न सक्ने, जान्न खोज्ने, सत्य खोज्ने र पत्ता लगाउने बनाउँछ । शिक्षाको गति सही दिशामा अघि बढेको छ भने त्यसले सिङ्गो मुलुकको उन्नति सम्भव तुल्याउँछ । नत्र मुलुक पछि पर्न जान्छ । हो कुनै पनि क्षेत्रमा लागेर योगदान गर्न सक्ने नागरिक उत्पादन गर्न सक्ने विद्यालय रोज्नु एउटा अभिभावकको दायित्व बन्न सक्छ । त्यस्ता विद्यालय सामुदायिक भए अझ राम्रो । यदि निजी नै भए पनि विशुद्ध व्यापारिक प्रयोजन नराख्ने होस् ।

के गर्ने त ?

हामी शिक्षाको क्षेत्रमा समस्यै समस्याले घेरिएका छौं । सामुदायिक स्कुलका छुट्टै समस्या छन् । निजी स्कुलका आफ्नै समस्या छन् । शिक्षकका समस्या एक खालका छन् । विद्यार्थीका अर्कै खालका छन् । अभिभावकका भिन्नै छन् । यी सबै समस्यालाई एउटै डालोमा हालेर समाधान खोज्न सम्भव पनि छैन । यीमध्ये कति समस्या एकापसमा जोडिएका छन् भने कति विल्कुलै भिन्न छन् । निजी स्कुलको व्यवस्थापनले सबभन्दा धेरै आर्थिक समस्यासँग जुध्नुपर्छ । बैङ्कको ऋणको किस्ता र व्याज समयमा तिर्न नसके हर्जना लगाउँछ । समयमा स्टाफको तलब नदिए काममा बाधा पर्छ । त्यसको चिन्तामा अहोरात्र डुब्ने व्यवस्थापनले स्कुल कसरी चल्दैछ, पठनपाठन कस्तो छ, अतिरिक्त क्रियाकलाप कस्तो छ ? हेर्न भ्याउँदैन ।

निजी स्कुलका विद्यालयमा पढ्ने विद्यार्थीलाई स्कुल पठाउनै मुस्किल पर्छ भने सामुदायिक विद्यार्थीलाई पढाइको भन्दा घरायसी कामको चाप बढी हुन्छ । तिनले समयमा र नियमित विद्यालय जाने अवसर कमै प्राप्त गर्दछन् ।

सामुदायिक विद्यालयका शिक्षक र निजीका शिक्षकका मात्र होइन, विद्यार्थीहरुका समस्या पनि एकै खाले छैनन् । निजी स्कुलका विद्यालयमा पढ्ने विद्यार्थीलाई स्कुल पठाउनै मुस्किल पर्छ भने सामुदायिक विद्यार्थीलाई पढाइको भन्दा घरायसी कामको चाप बढी हुन्छ । तिनले समयमा र नियमित विद्यालय जाने अवसर कमै प्राप्त गर्दछन् । परिणामस्वरुप तिनको पढाइ कमजोर हुन्छ र परीक्षामा उत्तीर्ण हुनै समस्या पर्छ । घरको काम गर्दै पढेर भनेजस्तो परिणाम ल्याउनु र रोजेको विषय पढ्नु सम्भव नै हुँदैन । तर, निजीका विद्यार्थीको स्वतन्त्रता पूर्णरुपले हरण हुने भएकाले तिनको प्रवृत्ति नै बदलिएको हुन्छ । पढ्ने वातावरण नै हुँदैन । यस्तो अवस्थामा तिनलाई पनि पढाइ गर्न, राम्रो अङ्क ल्याउन र सुरक्षित भविष्य निर्माण गर्न सहज छैन ।

यस्तो अवस्थामा कसरी पढाइको वातावरण बनाउने र विद्यार्थीको नैसर्गिक बालअधिकार, किशोर वर्गको चाहना नमारी शिक्षालाई प्रभावकारी बनाउने भन्ने सवाल बहुत्तै पेचिलो बनेको छ । सरकार, शिक्षा मन्त्रालय, शिक्षा क्षेत्रसँग सम्बन्धित निकायहरुले यसका सम्बन्धमा यथोचित विचार पु¥याउनु जरुरी छ । अभिभावकले जबसम्म शिक्षाको अर्थ र महत्व बुझ्दैनन्, जबसम्म शिक्षकले आफ्नो गरिमा र गौरवको ज्ञान राख्दैनन्, तबसम्म हाम्रो शिक्षाको गुणस्तर उठ्दैन । यो काम सुरुदेखि नै गर्नुपर्छ । समयबोध म्यागेजिनको जेष्ठ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री