बागमतीमा कहिले बग्ला सङ्लो पानी ?

‘आहा ! त्यो बेला कस्तो कञ्चन थियो बागमती। पौडी खेल्दा त कम्ता आनन्द आउँदैनथ्यो।’ गौशालाकी डा. माला खरेल यसरी आफू बालकै छँदाको बागमती नदीको स्मरण गर्दा आनन्दानुभूति गर्छिन्। तर, अहिलेको अवस्थाले भावुक बनाइहाल्छ। ‘म बागमतीको छेउमै जन्मिएर हुर्केकी हुँ। अञ्जुलीले धित मर्ने गरी बागमतीको स्वच्छ पानी पिउँथ्यौं। अहिलेका पुस्ताले खोलामा पौडी खेल्न र नुहाउन पाएका छैनन्। नदी प्रदूषित भयो।’ पुरानै स्वरूपको बागमती हेर्न तीव्र इच्छा छ। जसकारण उनी बागमती सफाइ अभियन्ता भएर काम गरिरहेकी छन्।

Advertisement

काठमाडौं उपत्यकाको मध्यभाग भएर बागमती बग्छ। जसमा विष्णुमती, रुद्रमती, हनुमन्ते, टुकुचा (इच्छुमती)लगायत खोला मिसिन्छन्। तर, हिजोआज पानीभन्दा बढी ढल बग्छ। अर्बौं बजेट खर्चिंदा पनि निर्मल पानी देख्न पाइएको छैन। बागमती सभ्यता जोगाउन सरकारले काम थालेको २८ वर्ष बित्यो। तर, नदी सङ्लो, स्वच्छ हुन सकेको छैन।

बागमतीको उद्गमस्थल शिवपुरी जलाधार क्षेत्रको बागद्वार हो। जहाँ नदी सफा छ। तर, जति दक्षिण आयो त्यति फोहोर र दुर्गन्धित छ। बढ्दो जनसंख्या, अनियन्त्रित सहरीकरण, अव्यवस्थित ढल र फोहोरमैलाको जञ्जालले झन्डै तीन दशकयता नदी प्रदूषित छ। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री