बिहीबार, १३ वैशाख २०८१

महालक्ष्मी विकास बैंकद्धारा मिष्ड कल सेवा सञ्चालनमा

समयपोष्ट २०७८ असार ९ गते १८:१०

Advertisement

महालक्ष्मी विकास बैंक लिले महालक्ष्मी मिष्ड कल सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिष्ड कल गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी मिष्ड कल जानकारी उपलब्ध गराउने छन् ।

यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्ने बैंकले जनाएको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ऋयललभअत क्ष्एक्, त्तच् ऋयमभ लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री