बिहीबार, १३ वैशाख २०८१

नेपाली फिल्ममा सुनिल सेट्टी !

समयपोष्ट २०७८ असार ३ गते १३:१४

Advertisement

नेपाली चलचित्रमा बलिउडका चर्चित अभिनेता सुनिल सेट्टीलाई लिने तयारी निर्देशक मुकुन्द भट्टले गरिरहेका छन् । भट्टको तेस्रो फिल्म ‘एक्स ९–लेभल १’ मा अभिनेता सुनिल सेट्टीलाई भिलेनको रुपमा आफुले अफर गरेको भट्टको दाबी छ । अभिनयका लागि सुनिल सेट्टी राजी भएको भट्टको दाबी छ ।

आफ्नो फिल्म ‘एक्स ९–लेभल १’ मा सेट्टी रहने निर्देशक भट्टले बताउँदै आएपनि शेट्टीले भने नेपाली फिल्म अभिनय बिषयमा अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । फिल्म ‘एक्स ९– लेभल १’ मा नेपाली कलाकार अनमोल केसी, पुष्प खड्का र सौगात मल्ल रहने चर्चा छ । तिहारपछि छायाँंकन हुने बताइएको फिल्मका कार्यकारी निर्माता सरोज रिजाल र निर्माता यादव प्रसाद पाठक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री