शनिबार, ८ वैशाख २०८१

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि लगियो दिल्ली, खासमा उनलाई भएको के हो ?

समयपोष्ट २०७८ असार २ गते १४:२७

Advertisement

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ ।

उनलाई साढे १२ बजेको नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली लगिएकाे हाे ।

खनाललाई गत सोमबार ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । नर्भिक अस्पतालका चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको बताए । उनका अनुसार नेता खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको छ ।

अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाका अनुसार लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलार्ई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो । चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् । उनको ज्वरो घट्न सकेको छैन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले जनाएको छ ।

उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको अस्पतालले जनाएकाे छ । दिल्ली जानुअघि पनि उनलाई निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो, उनको शरिर कापिरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री