बिहीबार, १५ चैत २०८०

अर्घाखाँची निषेधाज्ञा पुन: एक साता थप, यी क्षेत्रमा कडाई

समयपोष्ट २०७८ जेठ ३१ गते १५:२४

Advertisement

अशोक खनाल
अर्घाखाँची जिल्लामा पुन: निषेधाज्ञा थप भएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) अर्घाखाँचीको सोमबारको बैठकले असार ३१ गते राती १२ बजेबाट लागु हुँने गरी असार सात गतेसम्मको लागि निषेधाज्ञा पुन: थप गरेको हो । एक साता थप गरिएको निषेधाज्ञामा औषधि पसल २४ सै घण्टा खुला हुँनेछन् भने अन्य वस्तु तथा सेवा खरीद तथा विक्री गर्ने पसलहरु भने बिहान ५ बजेबाट दिउँस १ बजेसम्म खोल्न पाईने छ । विद्यालय,क्याम्पस,कातिम केन्द्र ,पार्टी प्यालेस,होटल तथा रेष्टुरेण्ट,जिम हल,शैलुुन तथा ब्यसटिपालन खोल्न पाईने छैन ।

सबै प्रकारका तालिम,गोष्ठी,सेमिनार,जात्रा महोत्सवमा समेत रोक लगाईएको छ । मठ मन्दिर तथा धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पूजा बाहेक अन्य सम्पूर्ण धार्मिक तथा साँस्कृतीक गतिविधिहरु बन्द हूँने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

यस्तो छ जारी आदेश

प्रतिक्रिया

सम्बन्धित सामाग्री