शनिबार, ५ जेठ २०८१

कोरोना संक्रमण भएर एक महिना नाघेकालाई मात्र लगाईने छ भेरोसेल खोप

समयपोष्ट २०७८ जेठ २४ गते १६:१८

Advertisement

जेठ २५ गतेदेखि कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेल लगाईदै छ ।

भोलि २५ जेठमा ६४ बर्ष, २६ जेठमा ६३ बर्ष २७ जेठमा ६२ बर्ष २८ जेठमा ६१ बर्ष र २९ जेठमा ६० बर्ष उमेर समूहकाले खोप लगाउन पाउने गरी तालिका तोकिएको छ । खोप अभियान सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामा खोप केन्द्र तोकेको छ ।

खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाईने छ । कोरोना संक्रमित भएका ब्यक्तिले भने संक्रमण पुष्टि भएको एक महिनापछि मात्र खोप लगाईने महानगरले जनाएको छ । पहिलो भेरोसेल लगाएका ब्यक्तिहरुलाई भने दोस्रो खोप नलगाईने महानगरले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री