शनिबार, ५ जेठ २०८१

एकपटक कोरोना भाइरसको संक्रमण भइसकेपछि पुनः संक्रमण हुने जोखिम कति ?

समयपोष्ट २०७८ जेठ २३ गते ८:२७

Advertisement

कोरोना भाइरसबाट संक्रमित भएका ब्यक्तिको शरीरमा लामो समयसम्म एन्टिबडी सक्रिय रहने एक अध्ययनले देखाएको छ ।

ल्यासेन्ट जर्नलमा प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने उल्लेख छ ।

यससंगै एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म सो ब्यक्तिमा पुनः संक्रमण हुने जोखिम न्यून हुन्छ ।

युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमाझ गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण दर निकै न्यून देखिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री