बिहीबार, १३ वैशाख २०८१

यी कुराहरुले बढाउँछ गरीबी र दुर्भाग्य, घरमा छन् भने तत्काल हटाउँनुहोस्

समयपोष्ट २०७७ असार १३ गते २१:०४

Advertisement

भनिन्छ घरमा वास्तुु दोष भयो भने विभिन्न किसिमका समस्याहरु आईपर्छन् । दरिद्रता,अशान्ति,रोग जस्ता कुराहरु वास्तुु दोषका कारक हुन् । यसकारण घरका स साना कुराहरुमा ख्याल राख्नुु निकै जरुरी हुन्छ । आउँनुहोस् केही त्यस्ता चिजबारे यहाँ चर्चा गरौँ जसले घरमा दरिद्रता निम्त्याउँछ ।

-घरमा परेवाले गुँड बनाएको छ भने त्यसलाई तत्कालै हटाउनुस् । यो घरमा भयो भने गरीबी आउँछ ।

-माहुरीले गुँड लगाउँनु पनि वास्तु अनुसार शुभ मानिदैन । घरमा बस्नेका लागि यो खतरनाक त हुँदै हो, यसले दुर्भाग्य पनि निम्त्याउँछ ।

-घरमा माकुराले जाल बनायो भने त्यो पनि दुर्भाग्य ल्याउने एक कारण हो । यसलाई तत्कालै सफा गर्नुस् ।

– फुटेको शीशाले गरीबीका साथसाथै नकारात्मक ऊर्जा पनि ल्याउँछ । यसलाई तत्कालै हटाउनुस् ।

-भित्ता वा पर्खालमा चिरा प–यो भने तत्कालै टाल्नुस् । यसले दुर्भाग्य र गरीबी आउँछ ।

-धारा चुहिने गरेको छ भने घरमा सकारात्मक ऊर्जा सबै हराएर जान्छन् । अनि पैसा पनि बढी नै खर्च हुन्छ । यसलाई ठीक गराइहाल्नुस् ।

-घरका पुराना फुटेका कुरा नराख्नुहोस् । छतमा थोत्रा सामान राख्नबाट जोगिनुहोस् ।

-भगवानलाई बासी फूल कहिल्यै नचढाउनुस् । यसो गर्नुभयो भने गरीबी र दुर्भाग्य आइलाग्छ । पूजाकोठा सफा गरेर ताजा फूल चढाउनुस् ।

-घरमा बोटबिरुवा रोप्नुभएको छ भने सुकेर झरेका पातहरू फाल्ने गर्नुस् । सुकेका पातले घरमा नकारात्मक ऊर्जा ल्याउँछन् अनि पैसाको कमी गराइदिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री