शुक्रबार, १६ चैत २०८०

बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराईज बैंकको आर्थिक सहयोग

समयपोष्ट २०७७ असार ७ गते १२:२०

Advertisement

सनराईज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ । शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा २२५,००० नगदको चेकका साथै पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गर्नुभयो ।

देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रममा ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । हालको स्थितिमा उक्त विद्याश्रमलाई त्यहा बसोबास गर्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता परेको जानकारी प्राप्त भएपश्च्यात बैंकले विद्याश्रमलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री