शुक्रबार, १४ वैशाख २०८१

पति क्वारेन्टाइनमा, पत्नी प्रेमीसंग टाप

समयपोष्ट २०७७ असार ४ गते १६:२०

Advertisement

क्वारेन्टाइनमा रहेका आफ्ना पतिलाई छोडेर एक महिला प्रेमीसंग फरार भएकी छिन् । घटना भारतस्थित विहारको हो । बेगूसरायको बखरीस्थित शकरपुरा निवासी महिला विमलाले एक वर्ष पहिले खगडिया जिल्लाका विजयसँग विहे गरिन। विहेको ९ महिनापछि विजयले विमलालाई बेगूसरायस्थित माइतीमा छोडेर कामका सिलसिलामा गुजरात गए।

माइती आएकी विमलाको गाउँमै रहेका पूर्वप्रेमी कुन्दनसँग निकटता बढ्न थाल्यो। सम्बन्ध यति निकट भयो कि एकअर्का विना बाँच्न नसक्ने भन्नेमा पुगे।

यता कोरोना महामारीले लकडाउन भएपछि पति विजय गुजरातबाट घर फर्किए। तर, उनी १४ दिन क्वारेन्टाइनमा बस्न पर्‍यो। विजय गुजरातबाट फर्किएको खबर विमलाले पाइसकेकी थिइन्।

क्वारेन्टाइन अवधि सकेर विजय ससुराली घर शकरपुरा पुगे। उता पत्नीले प्रेमीसँग भाग्ने योजना बनाइसकेकी थिइन्। विरामीको बहाना बनाएर विमला पतिसँग बेगूसराय आइन्। त्यहीँबाट पतिलाई छोडेर विमला प्रेमी कुन्दनसँग भागिन।

पति विजयले महिला थानामा उजुरी दिए। दुवैलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो। महिला थानाका जाँच अधिकारी संजय मिश्राका अनुसार विमलाले प्रेमीसँगै बस्ने भन्दै अडान लिएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री