शुक्रबार, १४ वैशाख २०८१

हेर्नुहोस् असार महिनाको राशीफल

समयपोष्ट २०७७ असार ४ गते १४:५३

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-

असार महिना निकै लाभदायक रहनेछ। पहिलेका व्यवधान हट्नेछन् र नयाँ काम प्रारम्भ हुनेछ। तारिफयोग्य कामले पद–प्रतिष्ठा दिलाउनेछ। नोकरीमा नयाँ अवसर प्राप्त हुने बलियो सम्भावना देखिन्छ। उद्योगधन्दा फस्टाउनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विभिन्न अवसर फेला पर्नेछन् र आर्थिक पक्ष सबल बनाउन सकिनेछ। १२ गते उप्रान्त अधिक खर्च, धनमाल हराउने, उपकरण बिग्रने, चोटपटक लाग्ने आदि व्यवधान पनि आउन सक्छन्। केही समय आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रवासमा हुनेहरूलाई कानुनी व्यवधानले सताए पनि सम्भावनाका नयाँ ढोकाहरू खुल्नेछन्। गणेश, हनुमान र आफ्ना इष्टदेवको उपासना गर्नुहोला, फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)-

केही व्यावहारिक उल्झनमा परिए पनि कामको नतिजाले उत्साह जगाउनेछ। हिम्मतले सफलता दिलाउनेछ। आत्मसम्मानका साथ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। धन तथा बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। अभिव्यक्ति–कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। यन्त्र, उपकरण वा विलासी वस्तुमा धन खर्च हुनेछ। यस महिनाको ग्रहयोगले स्वास्थ्यमा शिर, आँखा र दाँत सम्बन्धी समस्या देखापर्न सक्छ। गर्मी तथा मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)-

उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा यस महिनामा केही उतारचढाव आउनेछन्। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले पनि सताउन सक्छ। अडान दोहोर्याउँदा सत्यका सामु शिर निहुराउनुपर्ने हुन सक्छ। १२ गतेदेखि परिस्थिति अनुकूल बन्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। आफ्नो क्षेत्र, वर्ग र समाजलाई नेतृत्व प्रदान गर्न सकिनेछ। पहिलेका आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ। बलभन्दा बुद्धिविवेकले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-

खर्चिलो परिस्थिति आउनाले महिनाभरि अर्थअभाव देखापर्नेछ। परिस्थितिवश केही कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। व्यापारमा मन्दी आउनेछ भने फजुल खर्च पनि बढ्नेछ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। प्रतिस्पर्धी बढ्ने हुँदा शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। वादविवाद, मुद्दा र प्रतिस्पर्धामा प्रतिद्वन्द्वी हावी हुने समय छ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। चोटपटकको सम्भावना देखिएकाले जोखिम हुने काम तथा हातहतियार र सवारीमा सजग रहनुहोला। लगनशीलताले आंशिक सफलता भने दिलाउनेछ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)-

कर्मक्षेत्रमा केही चुनौती देखिए पनि यस महिनामा राम्रो प्रतिफल प्राप्त गर्न सफल भइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। घर–परिवारमा भने केही असमझदारी बढ्ने देखिन्छ। अत्यधिक परिश्रमले थकान र कमजोरी पनि निम्त्याउन सक्छ। १२ गतेपछि हात–हतियार, सवारी र जोखिमपूर्ण काममा अलि सावधान रहनुहोला। परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन्। अरूका लागि समय खर्चनुपरे पनि कालान्तरमा आफैंलाई फाइदा हुनेछ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। अप्ठ्यारो समयमा पनि आम्दानी भइरहनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)-

यो महिनामा विशेष अवसर प्राप्त हुनुका साथै कर्मयोगले उचाइमा पुर्याउनेछ। स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्वानहरूको संगतले नयाँ कुरा सिक्ने अवसर पनि जुराउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नतिको मार्ग खुल्न सक्छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन् भने मित्रता र प्रेमको बन्धन कसिनेछ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने समय छ। अध्ययनको लगनशीलताले उचाइमा पुर्याउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। तारिफयोग्य कामले कीर्तिमानी दिलाउनेछ।

तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते)-

परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि मेहनतले काम बनाउन सकिनेछ। अधिक परिश्रम गर्नुपर्ने समय रहेकाले थकान र कमजोरी भने अनुभूत हुनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउने हुँदा सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। पुरानो काम रोकिए पनि नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। सुझबुझले काम लिँदा पुरानो समस्या समेत सम्झौतामा टुंगिनेछ। अध्ययनमा समय दिन नसकिए पनि कर्मयोगले उचाइको बाटो समाउनेछ। भाग्यले असल मित्र, शुभचिन्तक तथा सहयात्री आदि जुराउन सक्छ। प्रतिफल समयमा नउठाउँदा केही समस्या भने पर्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्य र आम्दानीका दृष्टिले यो महिना कमजोर रहनेछ। सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने हुँदा आर्थिक अभावले सताउन सक्छ। स्वास्थ्य कमजोर हुनाले लामो समय काममा सक्रिय हुन नसकिएला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। नयाँ कामको योजनामा हुनुहुन्छ भने आफ्नैले अवरोध पुर्याउन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला। व्यवसाय र आयमूलक काममा मन्दी आउन सक्छ। समयमा निर्णय नलिने र अरूको मुख ताक्ने बानीले अवसर गुम्न सक्छ। चोटपटक वा हाड–जोर्नीमा कमजोरी देखिएकाले साधन प्रयोगमा र जोखिम हुने काममा सावधानी अपनाउनुहोला।

धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ। यात्रा, भोगविलास र भेटघाटले खर्चका साथै जोखिम समेत निम्त्याउन सक्छ। विभिन्न अवसर आए पनि काममा समय दिन नसक्दा पछि परिनेछ। परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ। आँटले चुनौतीपूर्ण कामसमेत सम्पादन हुनेछ। तर, यस महिनाको लगानी र आर्थिक कारोबारले पछिल्लो महिना समस्या निम्त्याउन सक्छ। पारिवारिक असमझदारीले दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन भने सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रोकिएका काम पुनः प्रारम्भ हुनाले यो महिना फलदायी रहनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रगति हुनेछ। बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ। हिम्मत गर्दा दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। मिहिनेत गर्दा स्वरोजगार बन्न सफल भइनेछ। प्रतिस्पर्धीहरूले हात झिक्नाले कर्मयोगको व्यवधान स्वतः हट्नेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन्। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला।

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, द)

अवसरका लागि निकै मेहनत गर्नुपर्ला। खर्च बढ्ने र आम्दानी रोकिने हुँदा उत्साहमा कमी आउनेछ। स्वास्थ्य कमजोर बन्ने र आलस्य बढ्ने समय छ। खानपान र विश्राममा विशेष ध्यान पुर्याउनुहोला। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। परोपकारी कामले सामाजिक प्रतिष्ठा पनि दिलाउनेछ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला निम्त्याउनेछ, वादविवादमा अघि नसर्नुहोला। आफ्नो समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्। सन्तानका माध्यमबाट सुखानुभूति हुनेछ।

मीन(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यो महिनामा केही घरेलु समस्या देखापर्न सक्छन्। साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। उच्च महत्त्वाकांक्षाले व्यवहारमा समस्या निम्त्याउने देखिन्छ। घरभित्रै असमझदारी बढ्नाले सामूहिक भावना विखण्डित हुनेछ। असंयम व्यवहारले निकटजनहरू टाढिन सक्छन्। आफन्त र साथीभाइबाट समेत एक्लिनुपर्ने अवस्था आउन सक्छ। उच्च रक्तचापले पनि सताउन सक्छ। तर, सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछ। नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्दा राम्रो हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री