सोमबार, १७ वैशाख २०८१

महामारीका बेला शारिरिक सम्पर्क गर्दा अपनाउनुहोस् यस्ता बिधि

समयपोष्ट २०७७ जेठ २९ गते १९:४४

Advertisement

अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा शारिरिक सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको छ ।

न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई पार्टनरसँग सुरक्षित रहने बताएका थिए । पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन सम्पर्क गर्न सुझाव दिएका हुन् ।

शारिरिक सम्पर्कको अवधिमा कोरोना भाइरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको बताइन्छ । ‘अनुहार छोप्ने मास्क लगाउनू, शारिरिक सम्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाईँको व्यक्तिगत कुरा हो,’ गाइडलाइनमा उल्लेख छ ।

शारिरिक सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरुले गाइडलाइन मार्फत सुझाव दिएका हुन् । यस्तै महामारीका बेला शारिरिक सम्पर्कको बेला सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ ।

गत महिना इंग्ल्याण्डमा रात काट्ने गरी बाहिर जानु र अरुसँग शारिरिक सम्पर्क गर्न नपाइने भन्दै कानून नै लागु गरेको थियो । यसअघि अमेरिकाकाे न्युयाेर्क टाइम्सकाे एक रिपाेर्ट अनुसार शारिरिक सम्पर्ककाे क्रममा काेराेना भाइरस सर्दैन । तर चुम्बन गर्दा सर्नसक्ने तथ्य पुष्टि भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री