शनिबार, १५ वैशाख २०८१

‘टिभीएस एक्सचेञ्ज जात्रा’ : कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटर साट्न सकिने,साथै एक लाखसम्म नगद छुट

समयपोष्ट २०७६ जेठ ८ गते २०:४३

Advertisement

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ‘टिभीएस एक्सचेञ्ज जात्रा’ संचालन गरेको छ ।

जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा संचालन भैरहेको यस योजनामा ग्राहकहरुले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । जस अनुसार पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मुल्य रु.२५,०००÷ प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्या्र सट् स्क्य्राच कुपनबाट कम्तीमा रु.१०,०००÷ देखि बढीमा रु.१,००,००० रुपैयाँ सम्मको पक्का नगद छुट प्राप्त गर्ने र तेस्रो शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्न सक्ने छन् । यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहार स्वरुप प्राप्त गर्न सकिने छ।

योजनाका सम्बन्धमा जानकारी दिंदै जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्ट दिपक अग्रवालले भने, “यो योजनाको मुख्य उद्देश्य भनेकै हाम्रा आदरणीय ग्राहकहरुलाई पुरानो मोटरसाईकल तथा स्कूटरबाट छुट्कारा दिलाई टिभीएसका नवीन डिजाइन र प्रविधिका मोटरसाईकल तथा स्कूटरहरुको सवार गराउनु हो । यसैकारणले हामीले ग्राहकहरुलाई विशिष्ट सुविधाहरु समेत यस योजनामा उपलब्ध गराएका छौं । आशा छ, टिभीएस टु ह्वीलरमा रुची राख्नु हुने ग्राहकहरुले यो सुनौलो अवसरको लाभ उठाउनु हुने नै छ ।”

उक्त योजना नेपालको अन्य शहरहरुमा पनि संचालन गर्दै लैजाने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री