बिहीबार, १३ वैशाख २०८१

ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

समयपोष्ट २०७६ जेठ ६ गते १९:३६

Advertisement

ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सोमबार उक्त सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासंगै बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने छ ।

साथै बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।
हाल यस बैंकले ९७ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र २८ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब २ लाख ४८ हजार ८ सय भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री