शुक्रबार, ७ वैशाख २०८१

हिमाल दोलखा हाइड्रोपावरको साधारण शेयर जेठ १४ देखि

समयपोष्ट २०७६ जेठ ६ गते ११:०२

Advertisement

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले जेठ १४ गतेदेखि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि शेयर निष्काशन गर्न लागेको हो । साधारण सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर ९, १० र माई नगरपालिका वडा नम्बर ९ तथा इलाम जिल्लामा बसोबास गर्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आएपिओमा जेठ २८ गतेसम्म आवेदन सकिने छ ।

आईपिओमा सि आश्वाको साथै इलाममा शाखा रहेका सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरु, लक्ष्मी बैंक चोकबजार, एभरेष्ट बैंक फिक्कल, सेञ्चुरी बैंक भानुपथ, ग्लोबल आईएमई फिक्कल र आयोजना स्थल इलाम नगरपालिका वडा नम्बर ९, १० बाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री