मंगलबार, ११ वैशाख २०८१

स्वाभिमान माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँट

समयपोष्ट २०७६ जेठ ५ गते १०:५५

Advertisement

स्वाभिमान माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँट भएको छ। आइतबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल कार्यालयमा को कार्यालय परिसरमा साधारण सेयरबाँडफाँट गरिएको हो ।

साधारण सेयरमा गोलाप्रथा मार्फत १८ हजार ५ सय ५८ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीको सेयरमा ३ लाख २७ हजार ७ सय १६ जनाले आवेदन दिएका थिए । जस मध्ये कुल २३० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका मध्येबाट गोलाप्रथा मार्फत सेयर बाँडफाँट गरिएको हो । आईपिओमा ३२.५० गुणा बढी आवेदन परेको थियो ।

त्यस्तै २० कित्ता देखि ५००० कित्तासम्मको लागि आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता सेयर पाएका छन् ।
स्वाभिमान लघुवित्तले बैशाख २७ गतेदेखि १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको थियो । जस मध्ये ३ हजार ९३ कित्ता कर्मचारीको लागि र ९ हजार ९ सय ३० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री