शुक्रबार, १४ वैशाख २०८१

ज्योति लाइफले ल्यायो घातक रोग बिरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा योजना

समयपोष्ट २०७६ जेठ ३ गते २१:१०

Advertisement

ज्योतिलाईफले ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा योजना सार्वजनिक गरेको छ ।कम्पनीले यस अघि ११ वटा घातक रोग विरुद्ध १० लाख सम्मको आर्थिक सुरक्षा सहितको सुबिधा दिदै आएको थियो ।

कम्पनीले शुक्रबार एक कार्यक्रम आयोजना गरि थप योजना सार्वजनिक गरेका हो । कम्पनीका व्यवसायिक सद्भावना दु्त तथा कलाकार राजेश हमाल र कम्पनीका संचालक समिति अध्यक्ष नन्द किशोरले संयुक्त रुपमा उक्त बीमा योजनाको शुभारम्भ गरे ।

यो योजना इन्स्योरेन्सले हाल प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरुसंग ऐच्छिक सुविधाको रुपमा लिन सकिने इन्स्योरेन्सले जनाएको छ । न्युनतम १८ वर्ष देखि ५५ वर्ष सम्मका ब्यक्तिहरुलाई यस योजनाले समेटिने । यस बिमाको अवधि २० वर्ष तोकिएको छ ।

कम्पनीले नेपालमै पहिलो र सर्वधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने दाबी गरेको छ । यस योजना अन्तर्गत बीमालेख खरिद गर्ने कुनै पनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री