मंगलबार, ११ वैशाख २०८१

एन आई सी एशिया बैंक र स्पार्क हेल्थ होम प्रा.लि बीच सम्झौता

समयपोष्ट २०७६ जेठ १ गते ११:०५

Advertisement

एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रा.लि काठमाडौं बीच विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा मंगलबार बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमको तर्फबाट स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरे ।

सम्झौतासंगै बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्म छुट प्रदान गर्ने छ ।

हाल बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री