बुधबार, ८ जेठ २०७६

ग्लोबल आइएमई बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

समयपोष्ट २०७६ वैशाख ३१ गते २१:२९

 

ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

 

बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका – ७, तेबाङ्गमा १३३औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका – ४, मुढा बजारमा १३४औँ, बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १४, हटियामा १३५औँ, सिराहा जिल्लाको अर्नामा गाउँपालिका – ३, रामजानकी बजारमा १३६औँ, पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका – ४, देवीनगरमा १३७औँ र बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका – ७, रेश नुन्थलामा १३८औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

 

यी छ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । यसका साथै बैंकले अत्तरीया शाखामा १४५औं ए.टि.एम. पनि सञ्चालनमा ल्याएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि  बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४५ एटिएम तथा १३८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया