शुक्रबार, ७ वैशाख २०८१

बिराटनगरको तिनपैनीमा लक्ष्मी बैंकको १०३औँ शाखा संचालनमा

समयपोष्ट २०७६ वैशाख ३० गते १९:५२

Advertisement

लक्ष्मी बैंकले बिराटनगरको तिनपैनीमा १०३औँ शाखा संचालनमा ल्याएकोे छ ।

प्रदेश नम्बर १ मा यो बैंकको १९ औँ शाखा हो । यस शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउँने लक्ष्य राखेको छ ।

यससंगै बैंकको संजाल ४६ जिल्लामा १०३शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, विमालगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीयपहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको छ ।

यी शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री