शनिबार, १५ वैशाख २०८१

‘बजाज एक्सचेन्ज सँगै अपग्रेड’ अफर,पुराना मोटरसाईकल तथा स्कुटर ल्याउँनुहोस् नयाँ लैजानुहोस्

समयपोष्ट २०७६ वैशाख ३० गते १४:०३

Advertisement

नेपालका लागि बजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज एक्सचेन्ज सँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्र्तगत ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी टेकुमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्ने छन् । आइतबारबाट सुरु भएको उक्त योजना जेठ ३ गतेम्म लागू हुने छ।

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजार सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालुएसन भन्दा थप १५ हजार प्रदान गर्नेछ।

ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा नि:शुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले बजाजको नयाँ वर्ष २०७६ को स्कीम ‘बजाज उल्टो अफर’को लाभ लिन सक्नेछन्। जसमा बजाजको मोटरसाईकल किन्नु अगाडि नगद पुरस्कार र किने पछि पनि १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री