शुक्रबार, १४ वैशाख २०८१

सेञ्चुरी बैंकको नाफा ९ प्रतिशतले घट्यो

समयपोष्ट २०७६ वैशाख ३० गते १३:५९

Advertisement

सेञ्चुरी बैंकको नाफा गत गत वर्षको तुलनामा ९ प्रतिशतले घटेको छ । बैंकले नौ महिनामा ६१ करोड ६ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा ६७ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खराव कर्जा बढ्दा नाफामा प्रभाव पारेको हो। खुद व्याज आम्दानी गत वर्षको भन्दा ४५ प्रतिशतले बढे पनि खराब कर्जा ०.७७ प्रतिशत विन्दुले बढ्दा नाफा घटेको हो।

गत वर्षको यहि अवधिमा बैंकको खराव कर्जा ०.७६ प्रतिशत थियो।

बैंकको निक्षेप ९ प्रतिशतले बढ्दा ऋण लगानी १९ प्रतिशतले बढेको छ। नौ महिनाको अवधिमा ५७ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५९ अर्ब ४३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। प्रतिशेयर आम्दानी एक रुपैयाँले घटेर ९.८७ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री