बिहीबार, १३ वैशाख २०८१

७ बुँदे घोषणा पत्र जारी गर्दै सकियो अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन

समयपोष्ट २०७६ वैशाख २९ गते १४:४४

Advertisement

अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

धुलिखेल स्थित काठमाडौँ विश्व विद्यालयको हलमा इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा शनिबार सम्पन्न भएको हो ।

सम्मेलनमा पाँचौ ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा धुलिखेल स्थित काठमाडौँ विश्व विद्यालयको हलमा आयोजना भएको सम्मेलनको दोस्रो दिन शनिबार सांसद डा. डिला संग्रौलाले मुख्य वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना दिएकी थिइन् ।

त्यसैगरी एसएई इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी शीर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ ग्लोबल रोड सेफ्टी विकको बारे, ई. प्रेम लामाले वर्कसप व्यवस्थापन बारे, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोल्यान्ड शिर्षकमा, नेपाल मोटरसाइकल फेडरेसनका सचिव सन्तोष न्यौपानेले इन्टरनेसनल ड्राइभिङ परमिट शीर्षकमा, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले प्यासेन्जर कारमा स्पेस कुलिङको सम्भावना वारेमा र सीटीईभीटीकी प्रतिनिधि इन्जिनियर निशी श्रेष्ठले अटोमोटिभ एजुकेसन सम्बन्धी शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कन्फ्रेन्समा आईएई नेपालका महासचिव बासुदेव तिमिल्सिनाले ७ बुदे घोषणापत्रका साथ कार्यक्रमलाई समापन गरेका थिए ।

१५० जनाको सहभागिता रहेको सो दुई दिने सम्मेलनको पहिलो दिन शुक्रबार कुल १० वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

सम्मेलनमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई,नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका अध्यक्ष अशोक ब्यन्जु श्रेठ, ,एसएई इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोरा, साझा यातायातका चेयरपर्सन कनकमणि दीक्षित , नासाका महासचिव गोविन्द भट्टराई, पूर्व मन्त्री गणेश साह, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा.ड्यानियल तुलाधर तथा सफल उद्यमी कपिल शिवाकोटी, यातायात व्यवस्था विभागका बरिष्ठ इन्जिनियर रामचन्द्र पौडेल, आईएई नेपालका महासचिव बाशुदेव तिमिल्सिना, दीगोका प्रतिनिधि अस्मित बजगाईं, इलेक्ट्रिक भेइकल एसोसिएसनका अध्यक्ष उमेश श्रेष्ठ र अन्तर्राष्ट्रिय पेशागत स्वास्थ्य संगठनका सदस्य युबराज भट्ट लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स (एएमईएस) काठमाडौं विश्वविद्यालय, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको पनि साथ रहेको आईएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुसुदन सिग्देलले जानकारी दिए ।

उक्त गैरनाफामूलक कार्यक्रममा हिट्को लगायत विभिन्न अटोमोबाइल कम्पनी, लुब्रिकेन्ट कम्पनी, इन्स्योरेन्स कम्पनीले पनि सहयोग रहेको थियो ।

७ बुदे घोषणा
१ नेपाली अटोमोबाइल क्षेत्रमा कोशेढुंगाको रुपमा प्रस्तुत पहिलो अटोमोटिभ ईन्जिनियरिङ्ग कन्फेरेन्स सफलता पूर्वक सम्पन्न गर्नमा आ आफ्नो स्थान बाट सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौ ।

२ यस सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरु, प्राप्त सुझाब र अतिथि वक्ताहरुको विचारलाई समेत समाबेश गरि व्रिस्तित रुपमा प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनले प्रस्तुत गरेका सिफारिस र सुझाबलाई नेपाल सरकारका सम्बन्धित निकाय, शैक्षिक प्रतिस्ठानहरु,FISITA, SAE तथा अन्य सम्बन्धित सबैमा प्रस्तुत गर्ने ।

३ अटोमोटिभ, मेकानिकल एरोनेटिकल ईन्डस्ट्रियल ईन्जिनियरिङ्ग मार्फत सेफर मोबिलिटी, उद्यमशिलता, इनोभेसन तथा युथ इन्टेलेक्च्युलहरुलाई परिचालन गर्ने तर्फ प्रयत्नशील हुदै ।

४ सम्बन्धित सरकारी निकाय, FISITA,SAE, परिवार उद्यमी तथा पेशागत संघहरुसंग सहकार्य, आबद्दता तथा सहयोगको लागि अपिल गर्दै ।

५ समृद्द नेपाल निर्माणमा सडक यातायात, ईन्जिनियरिङ्ग, मेकानिकल क्षेत्रमा योगदान दिने प्रतिज्ञा गर्दै सडक सुरक्षाका लागि ५ पिलरको लागि आआफ्नो क्षेत्रबाट सक्रिय रहने प्रण गर्दै।

६ इलेक्ट्रिक भेहिकल, रोड सेफ्टी काउन्सिल, अटोल्यान्ड, IDP (International Driving License) लगायतका नीतिगत क्षेत्रमा सरोकारवालाहरुसंग सहकार्यको प्रस्ताव गर्दै ।

७० आगामी बर्ष जुन ९२०१९० ५ र ६ मा Conference of Automobile Engineering in Nepal को प्रस्ताव गर्दै यो घोषनापत्र जारी गर्दछौ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री