भाउजूसँग प्रेम बसेपछि श्रीमतीलाई जिउँदै जलाइयो

धनुषाको शहिद नगरपालिका-१ स्थित पुरवारी टोल चिरैयाका मुकेश गोइतले भाउजूसँगको प्रेम लुकाउन श्रीमतीलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मुकेशले वैशाख ५ गते श्रीमती निर्मला यादवको शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।

Advertisement

घटनामा निर्मलाको शरीरको छाला ७० प्रतिशत जलेको थियो । जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाण्डु ल्याइएको थियो । उपचारका क्रममै वैशाख १६ गते निर्मलाको मृत्यु भएको थियो ।

विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए । निर्मलासँग विवाह १० महिना नवित्दै मुकेशले उनलाई जलाएका थिए ।

एसपी खनालका अनुसार श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन् । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री