शुक्रबार, १६ चैत २०८०

त्रिसुली गल्छी जलविद्युत आयोजना इपीसीएफ मोडलमा बन्ने

समयपोष्ट २०७६ वैशाख २६ गते ९:५१

Advertisement

सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गरेको त्रिसुली गल्छी जलविद्युत परियोजना इपीसीएफ मोडेलमा निर्माण गरिने भएको छ ।

यससम्बन्धि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष डा. त्रिलोचन उप्रेती र सीडब्लुटीडब्लु कम्पनीका भाइस जनरल म्यानेजर क्यू चिङ्ग वाईबीच सम्झौता भएको छ ।

सम्झौतानुसार चिनको सीडब्लुटीडब्लु कम्पनीले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई सुसंचालनमा आएको दुई वर्ष भित्र किस्तावन्दीमा भुक्तानी गर्नु पर्ने शर्तमा रही काम गर्ने निर्णय भएको छ ।

आयोजनाको बिस्तृत डिजाईनको काम सम्पन्न गरी अविलम्ब निर्माण सुरु गर्ने सहमति भएको कम्पनीले जनाएको छ । यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ । उक्त चिनीयाँ कम्पनीले यहि मोडेलमा अन्य जलविद्युत परियोजनाहरुको समेत निर्माण गरिरहेको छ ।

रसुवा जिल्लामा निर्माणाधिन लाङटाङ र फलांखुखोला आयोजना यहि विधिबाट निर्माण भईरहेका छन । सुरुमा ७५ मोगवाट क्षमता रहेको यस आयोजनामा टेनल हटाई अव यो आयोजनामा बाँधको तल ड्याम–डोय टाईप पावर हाउस बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री