शुक्रबार, १४ वैशाख २०८१

सामुदायिक विद्यालयमा भर्ना गर्न अभिभावकबीच होड

समयपोष्ट २०७६ वैशाख २४ गते १३:३४


‘विद्यार्थी भर्नाको चाप निकै धेरै छ । हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं । अभिभावकहरु सोर्सफोर्स लगाएर भर्ना गर्न आइरहेका छन् ।’ नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी माध्यमिक विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीको गुनासो हो यो ।

Advertisement

“सामुदायिक विद्यालयमा भर्ना लिँदैन भनेर अभिभावकलाई फर्काउन पनि निकै समस्या छ,” प्रअ सुवेदी भन्छन् – “भर्ना लिँदा कक्षा कोठा अभावसँगै शिक्षकको समस्या उस्तै छ ।” शैक्षिक वातावरण राम्रो भएको र विगतमा राम्रो नतीजा ल्याएका कारण यस विद्यालयमा विद्यार्थीको चाप उच्च छ ।
गत शैक्षिक सत्रमा दुई हजार १०० भन्दा बढी विद्यार्थी रहेकामा अहिले यो सङ्ख्या दुई हजार २०० पुग्ने अनुमान गरिएको छ । प्रअ सुवेदी भन्छन् – “यो भन्दा धेरै भर्ना लिँदा कक्षा कोठा नै छैनन् । भर्ना लिएर मात्रै के गर्नु ?” पूर्वाधारको अभावमा भर्ना नपाएपछि विद्यार्थी निराश भएर फर्कनुपर्ने अवस्था छ ।

निजी तथा आवासीय विद्यालय छोडेर भर्ना हुन विद्यार्थी आउन थालेपछि धम्बोझी माविलाई विद्यार्थीको चाप थेग्न निकै मुश्किल परेको छ । प्रअ सुवेदीले विद्यालयमा राम्रो शिक्षण वातावरण भएकाले विद्यार्थी सङ्ख्या बढेको बताए । विद्यालयमा भर्ना मात्र होइन विद्यार्थी टिकाउको अवस्था पनि उत्तिकै राम्रो छ ।

बालबालिकाका अभिभावकलाई प्रतिबद्धता जनाउन लगाएर मात्रै भर्ना लिने गरेकाले नियमित रूपमा विद्यार्थी विद्यालय आउने गरेको उनले बताए । “नियमित रूपमा विद्यालय आउने बनाउने दायित्व विद्यालयको पनि हो,” उनले भने – “विद्यालयले राम्रो वातावरण दिन सक्यो भने विद्यार्थी विद्यालयमा टिक्छ ।”

सिकाइ उपलब्धि राम्रो भएपछि बाँकेका सामुदायिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा परेका छन् । कोहलपुरस्थित त्रिभुवन माविमा पनि विद्यार्थीको उस्तै चाप छ । विद्यार्थीलाई आकर्षण गर्न र निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुन्छ । अङ्ग्रेजी र नेपाली माध्यममा पढाइको वातावरण बनेपछि विद्यार्थी सङ्ख्या धेरै बढेको प्रधानाध्यापक देवकी थापाले बताए । उनले भने – “निजीमा भन्दा सामुदायिक विद्यालयप्रति बढी विश्वास देखियो । अभिभावकले भर्नाका लागि आग्रह गरिरहेका छ्न । हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं ।”

सरकारले लगानी गरेका सामुदायिक विद्यालयको पढाइप्रति शङ्का गर्नुपर्ने कुनै कारण नरहेको अभिभावकहरु बताउँछन् । अभिभावक पदमबहादुर शाही भन्छन् – “अङ्ग्रेजीमा राम्रो गरुँन् भनेर निजीमा पढाउने हो । अहिले सरकारी विद्यालयमै अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ । किन निजीमा पढाउनु ?”

सरकारी जागीर गर्ने बुबाआमाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा महङ्गो शुल्क तिरेर पढाइरहेका बेला धेरै अभिभावकको रोजाइमा सामुदायिक विद्यालय पर्ने गरेका छन् । सामुदायिक विद्यालयमा सरकारले लगानी बढाएसँगै पढाइको गुणस्तरमा सुधार आउँदा सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको हो ।

निजीको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर बढेको धम्बोझी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर चन्दको भनाइ छ । उनी भन्छन् – “अङ्ग्रेजी पढ्नै पर्ने बाध्यताले अभिभावकले जबर्जस्ती निजी विद्यालयमा छोराछोरीलाई पठाउने गरेका छन् । सरकारी विद्यालयले गुणस्तर बढाउन थालेपछि अब त्यो बाध्यता रहेन ।”

विद्यालयमा राम्रो वातावरणमा शिक्षा दिन सङ्ख्या बढाउनुभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने अध्यक्ष चन्द बताउछन् । सरकारले दिने सेवा सुविधा र विद्यालयप्रतिको लगावका कारण विद्यार्थीको चाप बढेको उनको भनाइ छ । गुणस्तर शिक्षा प्रदान गरेकै कारण सामुदायिक विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनी ठान्छन् ।

खजुरास्थित ज्ञानोदय माविमा पनि विद्यार्थीको उत्तिकै घुइँचो छ । भर्ना हुन चाहने विद्यार्थीको घुइँचो लागेपछि प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए । उनले भने – “प्रवेश परीक्षा नलिएरै भर्ना गर्दा हामी विद्यार्थी थेग्न सक्दैनौं ।”
खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि र फत्तेपुरको सिद्धेश्वर माविको उत्कृष्ट नतीजाका कारण विद्यार्थीको आकर्षण धेरै छ । कौशिला नगरस्थित कृष्ण माविमा पनि विद्यार्थीको सङ्ख्या बढ्दो छ । विद्यार्थीको चाप धेरै हुन थालेपछि प्रवेश परीक्षा लिनुपर्ने सामुदायिक विद्यालयहरुलाई बाध्यता छ ।

कुनैबेला निकै जर्जर अवस्थामा रहेका सामुदायिक विद्यालयमा पछिल्लो समयमा उत्कृष्ट बन्दै गएको अभिभावक डिल्लीराज पोखरेलले बताए । उनले भने – “विद्यार्थीहरु निजी विद्यालयतिर जान थालेपछि खाली हुन थालेका सामुदायिक विद्यालयले समयमै ‘कुशल व्यवस्थापन, कडा प्रशासन’ भन्ने नीति अपनाएकै कारण सफल भएका छन् ।”

अभिभावक पोखरेलका अनुसार शिक्षकहरुको कडा परिश्रमले गर्दा पनि निजी विद्यालयभन्दा सामुदायिक विद्यालय उत्कृष्ट बन्दै गएका हुन् । चाहेमा राम्रो गर्न सकिन्छ भन्ने उदाहरण अहिले सामुदायिक विद्यालयले प्रस्तुत गरेका छन् । “सामुदायिकमा पढाउने विधिसँगै अन्य क्रियाकलापले बालबालिकामा राम्रो प्रभाव पारेको छ,” उनले भने ।

शिक्षक र विद्यार्थी नियमित समयमा आउने, शिक्षकले पूरै समय पढाउने, कक्षा छोडेर नजाने, हरेक विद्यार्थीको पढाइमा ध्यान राखिने लगायतका कुराहरुमा कडाइ गर्दा विद्यालयमा सुधार भएको प्रअ सुवेदीले बताउँदै भने – “यसका लागि सबै शिक्षक र विद्यालय व्यवस्थापन समितिको भरपूर सहयोग रहेको छ ।”

निजी छोडेर सामुदायिकमा

निजी विद्यालयले दिने शिक्षा चित्त नबुझेपछि नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदोका छाँयादत्त शर्माले आफ्ना बच्चालाई धम्बोझी माविमा भर्ना गरेका छन् । निजीभन्दा सामुदायिक धम्बोझी माविको शिक्षा व्यावहारिक र समय सुहाउँदो भएकाले छोरीलाई धम्बोझी माविमा भर्ना गरेको उनले बताए । “सामुदायिक विद्यालयमा मौलिकता हुन्छ, उत्कृष्ट लेखन शैली र अभिव्यक्ति शैली राम्रो हुन्छ,” उनले भने – “बोर्डिङ स्कुलको घोकन्ते विद्याले उच्च शिक्षामा टेवा पुर्‍याउन नसकेको देखिन्छ ।”

शर्मा एक प्रतिनिधि पात्र मात्रै हुन् । सामुदायिक विद्यालयका शिक्षकहरु ‘केही गरौं’ भन्ने भावनाबाट अभिप्रेरित भएकै कारण गुणस्तरमा सुधार हुँदै गएको धम्बोझी माविका विव्यस अध्यक्ष चन्दको भनाइ छ । धेरै अभिभावकले निजीबाट आफ्ना बालबालिका सामुदायिकमा भर्ना गरेका छन् ।

कतिपयले भने माथिल्लो तहमा छात्रवृत्ति पाउने लोभमा निजीबाट सामुदायिकमा भर्ना गरेका छन् । “दक्ष, तालीम प्राप्त र पर्याप्त शिक्षक भएका कारण नै सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुध्रिएकामा द्विविधा छैन,” धम्बोझी माविका सहायक प्रअ पूर्णबहादुर शाहीले भने ।

प्रअले विद्यालय सञ्चालन हुने पूरै अवधि विद्यालयमै बसेर अनुगमन गर्ने, शिक्षकहरुलाई नियमित अनुगमन गर्ने, पुरस्कृत गर्ने, भौतिक पूर्वाधार थप्ने र विद्यालयमा आर्थिक पारदर्शिता कायम गर्ने गरिएका कारण शिक्षकहरुमा राम्रो गर्नुपर्छ भन्ने भावना जागृत भएको सहायक प्रअ शाहीले बताए ।

भर्ना गर्न दबाब दिँदै अभिभावक

धम्बोझी माविसँगै खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि, फत्तेपुरको सिद्धेश्वर मावि र कौशिलानगरको कृष्ण माविमा विद्यार्थी भर्नाका लागि अभिभावकले दबाब दिने गरेका छन् ।

“छोराछोरी भर्नाकाागृत भएको सहायक प्रअ शाहीले बताए ।
भर्ना गर्न दबाब दिँदै अभिभावक
धम्बोझी माविसँगै खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि, फत्तेपुरको सिद्धेश्वर मावि र कौशिलानगरको कृष्ण माविमा विद्यार्थी भर्नाका लागि अभिभावकले दबाब दिने गरेका छन

प्रतिक्रिया

सम्बन्धित सामाग्री