बुधबार, २६ वैशाख २०८१

मेगनले जन्माइन् छोरा,शाही सन्तान जन्मिएपछि प्रिन्स ह्यारीले दिए यस्तो प्रतिक्रिया

समयपोष्ट २०७६ वैशाख २४ गते ९:५६

Advertisement

डचेज अफ ससेक्सले छोरालाई जन्म दिएकी छिन् । ड्युक अफ ससेक्सले यसबारे घोषणा गरेका हुन् ।निकै खुसी देखिएका ह्यारीले आफूहरु निकै रोमाञ्चित भएको र जनतालाई समर्थनका लागि धन्यवाद दिएका छन् ।

उनले मेगन र बच्चा दुबै निकै राम्रो भएको र बच्चाको नामबारे अहिले पनि सोचिरहेको जानकारी दिएका छन् । मेगनले सोमबार बिहान ३ केजी २ ग्रामको बच्चा जन्माएकी हुन् ।

बकिङ्घम प्यालेसका अनुसार बच्चा जन्माउने बेला ह्यारी पनि मेगनसँगै थिए ।

बच्चाको जन्मपछि ह्यारीले आफ्नो सन्तान तोकिएको मितिभन्दा केही ढिला जन्मिएको जानकारी दिए ।

Advertisement

बच्चा जन्मेको हेर्दा कस्तो अनुभव भयो भनेर सोध्दा उनले हाँस्दै भने, ‘यो पक्कै पनि मेरो पहिलो अनुभव हो । यसअघि यस्तो अनुभव पाएको थिइनँ । यो निकै नै उत्कृष्ट अनुभव हो । बच्चा जन्मिएपछि श्रीमतीप्रति मेरो माया थप प्रगाढ भएको छ साथै निकै गर्व पनि गर्छु ।’

‘सबै आमा बुवाले आफ्नो सन्तानलाई उत्कृष्ट नै भन्छन् तर म यो भन्न चाहन्छु कि यी सानो मान्छेले मलाई कति भाग्यमानी बनाइदिएको छ । म अहिले आकाशमा उडिरहेको छु जस्तो लागिरहेको छ ।’

उनले थपे, ‘यो मेरो लागि अद्भूत अनुभव थियो । मैले यस्तो होला भनेर कहिले कल्पनासमेत गरेको थिइनँ ।’

‘बच्चा जन्माउनका लागि महिलाले जुन अवस्थाबाट गुज्रनुपर्छ त्यसको वर्णन नै गर्न सकिन्नँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री