शनिबार, ८ वैशाख २०८१

मोवाईल पानीले भिजे यो तरिका अपनाउँनुहोस्

समयपोष्ट २०७४ जेठ १७ गते ८:४२

कहिलेकाहिँ सावधान हुँदा हुँदै स्मार्ट फोन पानीले भिज्नसक्छ । यस्तो अवस्थामा स्मार्ट फोनलाई के गर्दा उपयुक्त हुन्छ त । सर्वप्रथम त फोन पानीले भिजिहाले फोनलाई पहिले अफ गर्नुपर्छ । फोनको कुनै बटन चलिरहेको छ कि भनेर चेक गर्नतिर लाग्नु हुँदैन । त्यसैगरी  विद्युतिय उपकरण जस्तै ड्रायरको माध्यमले फोनलाई सुकाउँने प्रयास पनि गर्नुहुँदैन यसले फोनलाई झनै विगार्ने काम गर्छ । बरु सिलिका जेलको प्याकेट अथवा चामलको सहायताले फोनलाई सुकाउँन सकिन्छ । 

Advertisement

दोस्रो स्टेपमा फोन अफ गरिसकेपछि फोनमा अट्याच भएर रहेका ब्याट्री,सिम कार्ड,मेमोरी कार्डहरुलाई मोवाईलबाट अलग गर्नुपर्छ । जसले सर्ट सर्किटको खतरा कम गर्छ । यदि तपाईको मोवाईलमा फोनमा अट्याच ब्याट्री छ भने त्यसलाई निकाल्न मिल्दैन । यस्तो अवस्थामा मोवाईलमा रहेको पावर बटनलाई फोन अफ नहुँदासम्म थिचिनै राख्नुपर्छ । फोनमै अट्याच ब्याट्रीका कारण सर्ट सर्किटको जोखिम अत्याधिक रहन्छ । 

फोनको सबै पार्टलाई फोनबाट अलग गरिसकेपछि ति सबै सामाग्रीलाई  सुकाउँनुपर्छ । यसको लागि पेपर न्याप्किन सबैभन्दा राम्रो विकल्प हो । पेपर न्याप्किनको बदलामा नरम तौलिया पनि प्रयोग गर्न सकिन्छ । 
तौलियाले पुछिसकेपछि फोनको इन्टर्नल भागलाई सुकाउँनुपर्ने हुन्छ । यसको लागि फोनलाई चामलमा राखेर छोप्न सकिन्छ । चामले छिट्टै चिसो सोस्ने हुँदा फोनको इन्टर्नल पार्ट सुक्न समय लाग्दैन । यससंगै जुत्ता किन्दा पाईने सिलिका जेल प्याकमा पनि फोनलाइृ राख्न सकिन्छ । चामलले भन्दा छोटो समयमा सिलिका जेलले चिसो सोस्दछ । फोनलाई कम्तिमा चौविस घण्टा सिलिका जेल अथवा चामलमा राखेपछि बल्ल तपाईले फोनलाई अन गर्न सक्नुहुन्छ । 
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री