बिहीबार, १३ वैशाख २०८१

वीरेन्द्रनगरमा सन्राईज बैंक लिमिटेडको ६९ औं नयाँ शाखा सञ्चालन

समयपोष्ट २०७४ जेठ ८ गते ४:४४

सन्राईज बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमका वीच आफ्नो ६९ औं शाखाको सञ्चालनमा ल्याएको हो ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल राष्ट्र बैंक, नेपालगञ्ज क्षेत्रीय कार्यालयका निर्देशक गुरुप्रसाद पौडेल र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले संयुक्तरुपमा शाखाको उद्घाटन गरे ।
बैंकले साविकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्दा धनगढीमा दोहरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई वीरेन्द्रनगरमा स्थानान्तरण गरिएको बताएको छ ।
यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउन सक्षम हुुुुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । शाखाबाट ग्राहकहरुलाई लकर (सेफ डिपोजित लकर) सेवा समेत उपलब्ध गराएको बैंकले बताएको छ ।
हाल बैंकका नेपाल भरी ६९ वटा शाखा र ७९ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बताए । उनले बढीभन्दा बढी सुविधा उपलब्ध गराउने उद्देश्यले कालिकास्थान र हेटौंडामा नयाँ शाखा सञ्जालमा ल्याउने तयारी रहेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री