भृकुटीमण्डपमा ‘मेगा एक्सचेन्ज कार्निभल’ सुरु, आकर्षक अफर सार्वजनिक

काठमाडौं । साइमेक्स इन्क अन्तर्गतको अधिकृत वितरकले भृकुटीमण्डपमा जेठ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने ‘मेगा एक्सचेन्ज कार्निभल’ आयोजना गर्दै विभिन्न विशेष अफर सार्वजनिक गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा सहभागी हुनुभएको थियो। कार्यक्रममा कम्पनीका डेपुटी सीईओ बिमल शाह लगायतको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा नयाँ ‘रिडारा ईको २२२’ तथा अपग्रेडेड ‘किङ लङ १६–सिटर’ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। नयाँ मोडेलमा २००० सीसी इन्जिन, २१९ एमएम ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता समावेश गरिएको छ।

कार्निभल अन्तर्गत विभिन्न गाडीमा आकर्षक डाउन पेमेन्ट सुविधा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार डीएफएसकेमा रु. ३ लाख ९९ हजारदेखि तथा रिडारा ईको २२२ मा रु. ९ लाख ९९ हजारदेखि डाउन पेमेन्ट सुविधा उपलब्ध हुनेछ। साथै एसयूभी र एमपीभी मोडेलहरूमा रु. १२ लाखसम्मको बेनिफिट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन तथा विशेष फाइनान्स सुविधा पनि प्रदान गरिनेछ।

इच्छुक ग्राहकहरूले कार्यक्रम अवधिभर भृकुटीमण्डप पुगेर सवारी साधन अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स सम्बन्धी परामर्श लिन सक्ने कम्पनीले जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री