इलेक्ट्रोनिक भेहिकलको भन्सार दर यथावत्
समयपोष्ट
२०८२ जेठ १५ गते १८:२०
	

सरकारले इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राख्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवर्द्धनका लागि कर दरमा कुनै परिवर्तन नगरिएको घोषणा गरेका हुन्।
“विद्युत् ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायात विकास गर्न इलेक्ट्रोनिक सवारी साधन (ईभी) मा विद्यमान भन्सार दर यथावत् राखिनेछ,” अर्थमन्त्री पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै भने।
बजेटभन्दा अगाडि ईभीको भन्सार दर बढ्ने अडकलबाजीसँगै व्यापारीहरूले ठूलो परिमाणमा सवारी साधन भन्सार जाँचपास गराएका थिए। तर कर नबढ्ने निर्णय आएपछि ती व्यापारीहरू बजार मूल्य प्रतिस्पर्धामा मारमा पर्ने अवस्था देखिएको छ।
 


























 
	
प्रतिक्रिया