नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गर्ने घोषणा
समयपोष्ट
२०८२ जेठ १५ गते १७:१५
सरकारले नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निगमको संरचनागत सुधारका लागि यस्तो निर्णय लिइएको जानकारी दिएका हुन्।
बजेट वक्तव्यमार्फत अर्थमन्त्री पौडेलले निगमको क्षमता विकास, सेवा गुणस्तर अभिवृद्धि तथा प्रतिस्पर्धात्मक दक्षता हासिल गर्न निजी क्षेत्रसँग रणनीतिक साझेदारी स्थापना गरिने घोषणा पनि गरेका छन्।
प्रतिक्रिया