बुधबार, १४ जेठ २०८२

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, के-के भयो कुराकानी ?

समयपोष्ट २०८२ जेठ १४ गते १२:४३

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सदन सञ्चालनका विषयमा टेलिफोन संवाद भएको छ। प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर संसद्‌को अवरोध हटाउन र सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीको आग्रहलाई जवाफ दिँदै अध्यक्ष प्रचण्डले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने स्पष्ट अडान राखेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए।

“प्रधानमन्त्रीले सदन खोल्न सहयोग गर्न आग्रह गर्नुभयो। तर अध्यक्ष कमरेडले गृहमन्त्रीको राजीनामा बिना सदन नचल्ने कुरा कडाइका साथ राख्नुभयो,” सापकोटाले भने। उनका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई गृहमन्त्रीको राजीनामा गराएर आफू सदनमा आएर प्रत्यक्ष रूपमा जवाफ दिन प्रस्ताव गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री